बिहीबार, साउन २८, २०८३

पूर्वमुमा बडामहारानी रत्‍न ९२ औं वर्षमा प्रवेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाह आजदेखि ९२ औं वर्षमा प्रवेश गरेकी छन्। उनको जन्म वि सं १९८५ भदौ ०४ गते काठमाडौंमा भएको हो। विसं २०११ देखि २०२८ सम्म शाह नेपाल को बडामहारानी तथा २०२८ देखि २०६५ सम्म मुमाबडामहारानी रहिन्। उनी राजा महेन्द्र वीर विक्रम शाह (१९२०–१९७२) की दोश्रो पत्नी हुन्।

रत्नकी दिदी इन्द्र र तत्कालीन युवराज महेन्द्रको १९९६ मा विवाह भएको थियो। १८ भदौ २००७ मा इन्द्रको मृत्यु भएपछि महेन्द्रले रत्नसँग विवाह गरेका थिए। महेन्द्रका बुबा राजा त्रिभुवनको २०११ मा मृत्यु भएपछि उनी रानी भइन्। 

२०२८ मा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने बेलामा हृदयघातबाट दियालो बंगलामा राजा महेन्द्रको मृत्यु भयो। उनका जेठा छोरा राजकुमार बिरेन्द्र राजा भए। राजसंस्थाको अन्त्यपछि राजपरिवारका सदस्यहरू अन्यत्र सरे पनि उनी सर्न मानिनन्। रत्नले आफ्नो बाँकी जीवन महेन्द्र मञ्जिलमै बिताउने चाहना राखेपछि नारायणहिटी दरबार परिसरको एउटा कुनामा रहेको महेन्द्र मञ्जिलमा उनी बस्दै आएकी छन्।

यसैबीच हाल थाइल्याण्ड भ्रमणमा रहेका रत्नका छोरा तथा पूर्वराजा ज्ञानेन्द्रले उनलाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।