काठमाडौं- नेपाल-भारत संयुक्त बैठकमा सहभागी हुन काठमाडौं आएका भारतीय विदेश मन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।
जयशंकर नेपाल आउने वितिकै पहिलो भेट प्रधानमन्त्री ओलीसँग गरेका हुन्।
भेटमा प्रधानमन्त्री ओलीले जयशंकरको स्वागत गर्दै संयुक्त बैठक फलदायी हुने विश्वास व्यक्त गरेका थिए।
विदेश मन्त्री जयशंकरले पनि दुई देशबीचको छलफल सकारात्मक हुने विश्वास दिलाएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४