बिहीबार, साउन २८, २०८३

सेनाले माग्यो २ सय ५० अधिकृत 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली सेनाले अधिकृत (क्याडेट) तहमा २ सय ५० जनाका लागि आवेदन मागेको छ । भर्ना छनोट निर्देशनालयले बुधबार गोरखापत्रमार्फत एक सुचना जारी गर्दै आवेदन मागेको हो । 

आवेदन आजैदेखि खुल्ला गरिएको छ भने असोज २ गतेसम्म भर्न सकिने जनाइएको छ । दोब्बर दस्तुर तिरेर  असोज ९ गतेसम्म भर्न सकिने सेनाले जनाएको छ । 

आवदेन दिनका लागि न्यूनतम प्रमाण पत्र तह उत्तीर्ण, ५ फिट ३ इञ्च उचाइ, न्यूनतम ५० किलो वजन र छाति फुलाउँदा ३४ र नफुलाउँदा ३२ (न्यूनतम) हुनुपर्नेछ । 

महिलाको हकमा उचाइ ५ फिट र तौल ४० किलो न्यूनतम हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।