बिहीबार, साउन २८, २०८३

प्रधानमन्‍त्रीले भने- 'अझै म १५ वर्ष बाँच्छु' 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका विषमया विभिन्न खाले टिका टिप्पणी भइरहदा उनले आफू अझै १५ वर्ष बाँच्ने बताएका छन् ।

गृहमन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने- ‘केहीले मरिहालोस् भनेका छन् तर अझै म १५ वर्ष बाँच्छु।

उनले कार्यक्रममा आफूलाई केहि नहुने दाबी गर्दै अर्को चुनावमा आफ्नो अस्तित्व रक्षाका लागि तयार भएर बस्न समेत विपक्षीहरुलाई चुनौति दिए । प्रधानमन्त्री ओलीले आफूलाई नयाँ रोग लागेको नभई पुरानै समस्याको उपचार गराउन खोजिएको जानकारी दिए । 

उनले भने– अहिले म बिरामी होइन, १५ वर्षअघि बिरामी भएको हुँ।’ भोलि उपचारका लागि सिंगापुर जाँदैछु। प्रधानमन्त्री ओली भोलि बिहीबार उपचारका लागि पुनः सिंगापुर जाँने कार्यतालिका तय गरिएको छ । 

नौ दिनसम्म सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरेर फर्किएको १० दिनपछि बिहीबार उनी त्यसतर्फ जान लागेका हुन् । 

यसअघि १८ साउनमा सिंगापुर गएका प्रधानमन्त्री २७ साउनमा फर्किएका थिए । एक हप्ताका लागि गएका उनको बसाइ उपचारकै कारण केही दिन लम्बिएको थियो । 

यसपटकको सिंगापुरमा प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ गर्ने तयारी गरिएको छ भने आवश्यक परे मिर्गौला प्रत्यारोपण गर्नेसम्मको योजना बनेको स्रोतले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।