बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक आज : यस्ता छन् एजेन्डा 

नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक आज : यस्ता छन् एजेन्डा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पाँचौं बैठक बुधबारदेखि काठमाण्डौमा सुरु हुँदैछ ।

भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशंकर आएलगत्तै दिउँसो ३ बजेपछि बैठक सुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा सुव्रमण्यम जयशंकर आजै काठमाण्डौ आउँदै छन् । भारतमा नरेन्द्र मोदी नेतृत्वको दोस्रो सरकार गठन भएपछि भारतीय विदेशमन्त्रीको यो पहिलो नेपाल भ्रमण हो ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका समकक्षी जयशंकरले सहअध्यक्षता गर्ने आयोग बैठकमा नेपालका तर्फबाट ३५ जना सहभागी हुने भएका छन् ।

संयुक्त आयोगमा दुईपक्षीय सम्बन्धका सबै विषयलाई पाँच शीर्षकअन्तर्गत राखेर छलफल गर्ने कार्यसूची छ । राजनीतिक सुरक्षा र सीमा, आर्थिक सहयोग तथा पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत र संस्कृति तथा शिक्षाअन्तर्गत समग्र विषयमा छलफल हुने कार्यसूची छ ।

यी मुख्य कार्यसूचीभित्र परेका रेल्वे लाइन, जलमार्ग, पेट्रोल पम्प लाइन, हुलाकी सडक, चेकपोस्ट स्थापना, नयाँ जलविद्युत योजनालगायतका एक दर्जनभन्दा बढी नयाँ विषयमा समझदारी र कार्यान्वयन प्रक्रिया अगाडि बढ्ने र केही हस्तान्तरण हुने सम्भावना छ ।

नेपालले दुई देशका प्रधानमन्त्रीको तहमा डुबानबारे दुईपटक छलफल भएको र दुईवटा संयुक्त प्राविधिक टोलीले स्थलगत अध्ययनपछि बुझाएको प्रतिवेदन कार्यान्वयनमा जोड दिनेछ ।

 ‘दुवै प्राविधिक टोलीको प्रतिवेदनमा भारतले नदीको प्राकृतिक बहाव अवरुद्ध गरेका कारण डुबानको समस्या देखिएको उल्लेख गरेको परराष्ट्रमन्त्री ज्ञवालीले सोमबार सञ्चारकर्मीलाई जानकारी गराएका थिए । यो प्रतिवेदन कार्यान्वयनका लागि यसै बैठकमा नेपालले दबाब दिने भएको छ । 

नेपालले सार्क सक्रिय हुनुपर्ने धारणा पनि राख्नेछ । बैठकपछि ५ भदौमा संयुक्त वक्तव्य जारी हुनेछ । 

परराष्ट्रमन्त्रीस्तरीय आयोग नेपाल–भारतबीचको सबैभन्दा उपल्लो तहको द्विपक्षीय संयन्त्र हो । सन् १९८८ मा पहिलो र सन् २०१४ मा तेस्रो बैठक नेपालमा तथा सन् १९९१ मा दोस्रो र सन् २०१७ मा चौथो बैठक भारतमा भएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।