काठमाडौं- घरेलु मैदानमा आयोजना भएको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा नेपाल सेमिफाइनल प्रवेशका लागि ‘गर या मर’को अवस्थामा रहेको छ ।
आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग पराजित भएपछि दोस्रो चरणका लागि नेपाललाई माल्दिभ्सविरुद्ध जित्नै पर्ने दबाब श्रृजना भएको हो ।
त्यसैले नेपालको आफ्नो समूह चरणको अन्तिम खेल आज (बुधबार) माल्दिभ्ससँग खेल्दै छ । खेल ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा अपरान्ह ५ बजे सुरु हुनेछ ।
दुवै टोली प्रतियोगितामा जित विहिन छन् । समुह ‘ए’बाट किर्गिस्तान विजेता बन्दै अन्तिम चारमा प्रवेश गरी गरेको छ । अब नेपाल र माल्दिभ्सबीचको विजेता टोलीले सेमिफाईनलमा स्थान बनाउनेछ । सोही कारण अघिल्लो चरणको यात्रा तय गर्न घरेलु टोलीलाई जित्नै पर्ने दबाब छ।
त्यस्तै बुधबारनै हुने अन्य खेलमा समुह ‘बी’बाट उज्वेकिस्तान र अफगानिस्तान भिड्दै छन् । खेल दिउँसो ३ बजे सुरु हुने छ ।
सेमिफाईनलका नजिक पुगेको उज्वेकिस्तान जित निकाल्दै सतप्रतिशत नतिजा आत्मसाथ गर्न चाहन्छ । उज्वेकिस्तानले यसअघि तुर्कमेनिस्तान र बंगलादेशलाई हराएको थियो ।
दिनको अन्तिम खेलमा साँझ ७ बजे तुर्किमिनिस्तान र बंगलादेश खेल्नेछन् ।
अघिल्लो चरण प्रवेशको गणितिय सम्भावना बाँकी राख्न र्तुिकमनिस्तानलाई जित आवश्यक छ । पहिलो खेलमा तुर्किमिस्तानले अफगानिस्तानलाई हराएको थियो भने बंगलादेशले भने उज्वेकिस्तानसंग हार ब्यहोेरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४