शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
सोह्रौं दिनसम्म पनि भारतको जम्मु-कश्मीर राज्यमा सूचना तथा सञ्चारका माध्यमहरुमाथिको प्रतिबन्ध जारी नै रहेको जानकारी प्राप्त भएको छ।  


   
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन २०१५ बाट ईरानी आवणविक सम्झौता खारेज गरिदिएपछि उत्पन्न दुई देशबीचको तनाव झनै बढ्दै गएको छ। 



आप्रवासी चिनियाँहरुको अधिकारबारे वकालत गर्दै आएको अमेरिकाको सानफ्रान्सिस्कोको एक अधिकारवादी संस्थाले हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निम्न आय भएका आप्रवासीविरुद्ध दिएको वक्तव्यप्रति खेद प्रकट गरेको छ। 



सन् २०१८ मा भएको मृतप्राय शान्ती सम्झौतालाई ब्यूँत्याउन सुडानले सुडानी नेता सल्वा कीर र उनका तिब्र आलोचक प्रतिपक्षी रीक माचर बीच पुन: वार्ता गराउने प्रयत्न गर्न सक्ने बताएको छ। 



युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्कले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको एक अभिव्यक्ती प्रति चिन्ता जनाएका छन्। उनका अनुसार घुमाउरो पाराले पुन: आयरल्याण्ड र बेलायत बीचको सिमानालाई ब्यूँत्याउने प्रयत्न बेलायतले गर्न लागेको देखिन्छ। बेलायत युरोपेली संघबाट निस्कन धेरै ठूलो आन्तरिक एवं बाह्य कानुनी संकटबाट गुज्रिरहेको छ। 



हप्तौं लामो दक्षिण कोरिया र अमेरिकाको संयुक्त युद्ध अभ्यास अन्त्य भएको छ। कोरियाली प्रायद्विपमा बढ्दो सामरिक संकटका बेला दुई देशले युद्ध अभ्यास थालेका थिए। 



चीन, लाओस म्यान्मार र थाइल्याण्डले मेकोङ्ग नदीमा ८५ औं संयुक्त गस्ती सुरु गरेका छन्। यो कार्य चीनको दक्षिण-पश्चिम प्रान्त युनानबाट सुरु भएको छ। 



लेबनानी प्रधानमन्त्री साद हरिरीले अमेरिकाले लेबनानी राजनेताहरु उपर थप कुनै पनि बन्देज नलगाउने अपेक्षा गरेका छन्।


 
बेलायतले कब्जामा लिएको भनिएका ईरानी विशाल तेलट्यांकर अमेरिकी धम्कीका बावजुद जिब्राल्टरबाट ग्रीसेली बन्दरगाह कालामाटातर्फ लागेको समाचार छ।


 
भारतीय पूर्व केन्द्रीय मन्त्री तथा भारतीय राष्ट्रिय कांग्रेसका वरीष्ठ नेता पी चिदंबरममाथि भारतीय सरकारले थप कडाई गर्ने जनाएको छ। विभिन्न शिर्षक उपर अदालती झमेला भोग्दै आएका चिदंबरमलाई दिल्ली उच्च न्यायालयले अग्रिम जमानत दिन इन्कार गरेपछि ठुलो झट्का लागेको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।