बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जम्मू–कश्मीर विवाद : भारत र पाकिस्तानी दूतावास अघि प्रदर्शन (फोटो फिचर)

जम्मू–कश्मीर विवाद : भारत र पाकिस्तानी दूतावास अघि प्रदर्शन (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - जम्मू–कश्मीरको सवालमा तनाव बढ्दै गएको भन्दै काठमाडौंमा भारतीय दूतावास अगाडि प्रदर्शन भएको छ। मानव अधिकार तथा शान्ति समाजले भारतीय दूतावास र पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेका हुन्।

युद्ध निषेधः शान्ति विशेष अभियान सञ्चालन गर्दै आएको शान्ति समाजले भारत र पाकिस्तानलाई युद्धको कुनै पनि संभावनालाई खारेज गर्न, दुई देशबीच वार्ताअघि बढाउन र ३४ वर्ष अगाडि स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई सक्रिय बनाउन आग्रह गर्दै प्रदर्शन भएको छ। शत्रुतालाई अन्त्य गर्न र मित्रतालाई गहिरो बनाउन आह्वान पनि समाजले गरेको छ। 



काठमाडौं लैनचौरस्थित भारतीय दूतावास र महाराजगञ्जस्थित पाकिस्तानी दूतावास अगाडि दिउँसो २ बजेदेखी १ घण्टासम्म भएको धर्नामा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनीलगायत सहभागी थिए।

धर्नाको अन्त्यमा समाजका तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई लेखिएको पत्र दूतावासका वरिष्ठ अधिकारीहरुलाई हस्तान्तरण गरिएको थियो।



प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।