बिहीबार, साउन २८, २०८३

सर्वदलीय बैठकमा गणतन्त्रको चिन्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- प्रधानमन्त्री केपीशर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा राज्य प्रणालीमाथि नै प्रहार गर्ने र गणतन्त्रलाई खतरमा पार्ने खेल भएको भन्दै चिन्ता जाहेर भएको छ। 

विभिन्न माध्यमबाट गणतन्त्र र राज्यप्रणालीमाथि नै प्रहार गर्ने कोशिस भएको भन्दै त्यसको रक्षाका लागि सबै एकजुट हुनुपर्नेमा बैठकमा जोड दिइएको थियो । त्यसका लागि संविधान जारी गर्दाका राजनीतिक शक्तिहरू एकजुट हुनु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेका छन् । 

 ‘नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र राजावादी मुख्य खतराका रुपमा देखिएको प्रधानमन्त्री ओलीको निष्कर्ष छ । संयुक्त रूपमा यसको सामना गर्न उनले विपक्षी दलहरूसँग  आग्रह गरेका छन् । 

सरकारको नेतृत्व लिएको १७ महिनामा पहिलो पटक ओलीले बोलाएको सर्वदलीय बैठकमा संसद्‌मा राष्ट्रिय हैसियत प्राप्त नेकपा, कांग्रेस, समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेताहरूको उपस्थिति थियो ।

स्वास्थ्य उपचारका लागि सिंगापुर जान लागेका प्रधानमन्त्रीले गणतन्त्रप्रति अनास्था फैलिन नदिनका लागि संविधान निर्माणका शक्तिहरू एकठाउँमा आउन जरुरी भएको बताएका थिए ।

शक्ति केन्द्रित गरी प्रधानमन्त्री ओलीले ‘एकदलीय शासनशैली’ लाद्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेस र राजपाले सडक र सदनमा सरकारको आलोचना गर्दै आएका छन् । बैठकमा प्रधानमन्त्रीले त्यस्तो आरोपको खण्डन गरेका थिए । 

ओलीले बैठकको सुरुमा धारणा राख्नासाथ कांग्रेस सभापति देउवाले कार्यकारणी र संसदको भूमिकामाथि प्रश्न गरेका थिए ।

देउवाले मिडिया काउन्सिल, सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार, सूचना प्रविधि, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी लगायत दर्जनौं विधेयकमा संविधानविपरीतका प्रावधान राखिएको भन्दै त्यसबाटै सरकारमाथि अविश्वास जागेको बताएका थिए । उनले मिडियालाई नियन्त्रण गर्न खोजिएको भन्दै पटक–पटक त्यसो नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा छिट्टै पदाधिकारी नियुक्ति हुने बताएका थिए । दाहालले आधारभूत मुद्दाहरूमा प्रमुख शक्तिहरू एकैठाउँमा भएको उल्लेख गर्दै असन्तुष्टिलाई मिलाएरै जानुपर्ने बताएका थिए ।

समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, राजपाका नेता महन्थ ठाकुर र राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले संविधान संशोधनका विषय उठाएका थिए । भट्टराईले सम्झौताअनुसार संविधान संशोधन हुनुपर्नेमा जोड दिएका थिए । 

ठाकुरले मधेस आन्दोलनका क्रममा आफ्ना पार्टीका नेता तथा कार्यकर्तामाथि लगाइएको झुटा मुद्दा फिर्ता नलिइएको र संविधान संशोधन प्रक्रिया अघि नबढेकाले सरकारप्रति विश्वासको वातावरण नबनेको बताएका थिए ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।