बिहीबार, साउन २८, २०८३

बिरामीको मृत्युपछि अस्पतालमा तनाव  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - शल्यक्रिया गरेका बिरामीको मृत्यु भएपछि धनगढीको निसर्ग अस्पतालमा तनाव उत्पन्न भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका- १२ का ५० वर्षीय मदनसिंह भण्डारीको मंगलवार मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको हो।

सोमवार बिहान ७ बजे पित्तथैलीको शल्यक्रियाका लागि अस्पताल भर्ना भएका उनको दिउँसो २ बजे शल्यक्रिया गरिएको थियो। राती ११ बजे मृत्यु भएपछि आफन्तले अस्पतालमा प्रदर्शन गरिरहेका छन्। चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तजले विरोधमा नारावाजी गरेका छन्। 

अस्पताल प्रशासन र मृतकका आफन्तबीच अहिले छलफल चलिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। घटनाबारे अस्पताल प्रशासनको आधिकारीक धारणा सार्वजनिक गरेको छैन। अस्पताल बन्द छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।