बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महानगरीय प्रहरीले सोध्यो, ‘पारस शाह किन पक्राउ परेनन्?’ 

महानगरीय प्रहरीले सोध्यो, ‘पारस शाह किन पक्राउ परेनन्?’ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्व युवराज पारस शाहलाई किन पक्राउ नगरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीलाई सोधेको छ।

थाइल्याण्ड जान लागेकी आमा कोमल राज्य लक्ष्मी शाहलाई एयरपोर्ट छोड्न जाने क्रममा पूर्व युवराज शाहले एक जना प्रहरीलाई धक्काएका थिए। सँगै रहेका छोरा र भाञ्जालाई प्रहरीले चेकजाँच गर्न थालेपछि रिसाएका शाहले प्रहरीलाई धक्का दिएको भिडियो सार्वजनिक भएपछि उक्त घटनाको पक्ष र विपक्षमा निकै टिपाटिप्पणी भइरहेका छन्।

महानगरीय प्रहरी प्रवक्ता एसएसपी श्याम ज्ञवालीका अनुसार महानगरीय प्रहरी परिसर रानी पोखरीले शाहले दुर्व्यवहार गरेको भए उनलाई किन पक्राउ नगरेको भन्दै उक्त प्रकरणबारे महानगरलाई जानकारी गराउन भनेको छ।

पत्रपछि एयरपोर्ट प्रहरीले उक्त विषयमा छानविन गरी महानगरलाई जानकारी गराउने तयारी थालेको छ।

यसैबीच, पारस शाहले सामाजिक सञ्जालमार्फत घटनाप्रति खेद व्यक्त गरेका छन्। आफ्ना छोरा र भान्जालाई लाठी ताकेर प्रहरीले दुर्व्यवहार गरेपछि आफू आक्रोशित भएको उल्लेख गर्दै शाहले घटनाप्रति क्षमा पनि मागेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।