बिहीबार, साउन २८, २०८३

गौरासँगै भरिए रित्ता बस्ती 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी– गौरा पर्व सुरु भएसँगै सुदूरपश्चिममा चहलपहल बढेको छ । 

गौराका अवसरमा कामका लागि विदेसिएकाहरू घर फर्किएसँगै पहाडका रित्ता बस्ती भरिन थालिएको डोटीको आदर्श गाउँपालिकाका स्थानीय मदन ओझा बताउँछन् । 

‘घरबाहिर रहेकाहरू फर्किएसँगै गाउँमा रौनक बढेको छ,’ उनले भने । 

यो बेला व्यापार पनि बढ्ने गरेको स्थानीय व्यापारीहरुको भनाई छ । ‘गौराका बेला दैनिक कारोवार बढछ,’ कञ्चनपुर, कृष्णपुर–९, मा किराना पसल सञ्चालन गरिरहेका तपराज अवस्थीले भने । 

कामका लागि विदेसिएकाहरू आफ्नो कमाइसँगै घर फर्किंदा किनमेल बढी गर्छन् । 

देउडाको रौनक 

गौरा सुरु भएसँगै देउडाको रौनक पनि सुरु भएको छ । 

गौराकै अवसरमा विभिन्न संघसंस्थाले देउडा प्रतियोगिता आयोजनाको तयारी थालेका छन् । 

‘हाम्रो संस्कृति हाम्रो पहिचान नेपाल’ संस्थाले आगामी भदौ ७, ८ र ९ गते धनढीमा गौरा महोत्सव आयोजना गर्दैछ । सो अवसरमा प्रादेशिक देउडा प्रतियोगिता आयोजना गरिंदैछ । 

गौरा पर्वको जगेर्नाका लागि महोत्सव आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’ले बताए ।

‘यसबाट गौरा पर्वको जगेर्ना हुने आशा छ,’ उनले भने ।  

भदौ कृष्ण पञ्चमीमा गौरा पर्व मनाइन्छ । नेपालको सुदूरपश्चिमसँगै भारतको कुमाउ, गढवालतिर पनि यो पर्व धुमधामका साथ मनाइन्छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।