बिहीबार, साउन २८, २०८३

डोटीमा २ वटा बसमा लुटपाट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- अछामबाट कैलालीतर्फ आइरहेका दुईवटा यात्रुबाहक बसमा डोटीमा आइतबार राति लुटपाट भएको छ । ना ४ ख ७२६९ र ना ५ ख ७१२१ नम्बरको बस डोटीको शिखर नगरपालिका – ६ तल्कोटमा नगद ९० हजार सहित लुटपाट भएको पीडितले जानकारी दिएका छन् ।

लुटपाटका क्रममा बस मालिकसहित तीनजना यात्रु घाइते भएको पीडित तेजबहादुर मल्लले जानकारी दिए । लुटेराको कुटाईबाट उनको कान, टाउको र छातीमा चोट लागेको छ ।

लुटेरा समुहले सुरुमा मल्लकै गाडीमा आक्रमण गरेको बुझिएको छ । गाडी अघि बढ्न खोज्दा पछाडिबाट ढुंगाले प्रहार गरेको मल्लले बताए । ‘ढुङ्गा लागेपछि के भयो भनेर गाडी रोकेर बाहिर निस्केको थिए गाडी रोक भनेको सुन्दैनस् भनेर कानमा मुक्का हाने’ मल्लले भने, ‘त्यसपछि लगातार सबैले भकुरे ।’ पैसा लगेपछि कुट्न पनि छोडे । मल्लको घाँटीमा रहेको सुनको सिक्री तथा सुनको औँठी समेत लुटेर लगेका छन् ।

मल्लको गाडी अगाडि बढेपछि करिव १०–१५ मिनेटपछि अछामबाटै मोहन मल्लको ना ५ ख ७१२१ नम्बर बस पनि उनीहरुले रोकेर ढुंगामुढासहित राति साढे ८ बजेतिर बाटो छेकेर लुटेको घाइते यात्रु अर्जुन कुँवरले बताए । ‘एक्‍कासी गाडी रोक्न १०÷१२ जनाको समूह आयो, गुरु र साहुलाई सुरुमै नियन्त्रण लिएर हातपात गरे’ अर्जुनले भने– ‘झ्यालबाट बाहिर हेर्ने यात्रुलाई पनि ढुङ्गा हानेर बाहिरबाटै आक्रमण गरे । उनीहरुले साहुको कपडा च्यातेर नगद पैसा लुटेर भागेको कुँवरले सुनाए ।

यसैबीच जिल्ला प्रहरीले लुटपाटमा संलग्न शिखर नगरपालिका – ८ तिलतालीका गोविन्द रावतलाई पक्राउ गरेको छ । नायब प्रहरी उपरीक्षक लालबहादुर धामीले राउत पक्राउ परेको र अन्य लुटेराहरू फरार रहेको र खोजीकार्य भइरहको जानकारी दिए । पीडितले लुट्नकै लागि आक्रमण गरेको बताए पनि प्रहरीले भने लुटपाट नभई भाडाको विषयमा गाडी मालिक र युवाहरूबीचमा विवाद हुँदा बस तोडफोड भएको हुन सक्ने अनुमान गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।