बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • झ्याउ र स्याउबाट कर्णालीको समृद्धि : अध्यक्ष तिमिल्सेना

झ्याउ र स्याउबाट कर्णालीको समृद्धि : अध्यक्ष तिमिल्सेना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना कर्णालीमा पाइने च्याउ, झ्याउ र स्याउबाट मात्रै कर्णालीको समृद्धि हुने बताएका छन्।

कर्णाली प्रदेश सभालाई सम्बोधन गर्दै सोमबार अध्यक्ष तिमिल्सेनाले कर्णालीको समृद्धिका लागि यहाँ पाइने झ्याउ, च्याउ र स्याउबाट समृद्धि सम्भव रहेको उल्लेख गरे।

कर्णालीलाई डोल्पाका पाटनमा पाइने यार्सा, झ्याउ, पाँच औले लगायतका बहुमूल्य जडिबुटीको संरक्षण र यसको अवैध चोरी निकासी रोक्न सके मात्रै आधा गरिबी हट्ने तर्क उनको थियो।

प्रदेशमा पर्यटकीय हिसाबले समेत उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै डोल्पाकै उच्च हिमाली क्षेत्रलाई साहसिक पर्यटकीय क्षेत्रका रुपमा चिनाउनुपर्ने, मुगु र फोक्सुण्डो जस्ता ताल तलैयाहरूमा पर्यटक भित्र्याउन प्रदेश सरकारले पहल गर्नुपर्ने बताए।

त्यस्तै लाइफलाइनका रुपमा चिनिने कर्णाली राजमार्ग, कर्णाली करिडोर, भेरी करिडोर र कोहलपुर–सुर्खेत सडक खण्डको विस्तारमा प्रदेश सरकारले नै पहल गर्नुपर्ने अध्यक्ष तिमिल्सेनाले बताए। पछिल्लो समय जलवायु परिवर्तनले वातावरण पर्यावरण बिग्रदै गएको भन्दै पर्खाल भत्काउने भन्दा पनि डाँडा छेडेर सडक सञ्जाल जोड्नुपर्ने बताए।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।