बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सभापति जो बने पनि कांग्रेसलाई एक नम्बर बनाउनुस्: गच्छदार

सभापति जो बने पनि कांग्रेसलाई एक नम्बर बनाउनुस्: गच्छदार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले १४ औं महाधिवेशनबाट जोकोही सभापति भए पनि कांग्रेसलाई एक नम्बर पार्टी बनाउनु पर्ने बताएका छन्।

प्रदेश– ५ स्तरीय प्रशिक्षण कार्यक्रमलाई रुपन्देहीमा सम्बोधन गर्दै उपसभापति गच्छदारले भने, “सभापति जो भए पनि, त्यो सभापतिले कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्छ।” 

उनले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र सबै एक ढिक्का हुनु पर्ने र त्यसको मुख्य जिम्मेवारी सभापतिको रहने बताए । 

लोकतन्त्रका लागि लड्दा लड्दै शहीद भएका नेपाली कांग्रेसका  नेता कार्यकर्तालाई सम्झँदै गच्छदारले भने, “नुनच्युरा खाएर लड्दा लड्दै कति शहीद भए। अब फेरि हामी एक जुट भएर लोकतन्त्रका लागि लड्नु पर्ने बेला आएको छ । हामी एक भएनौं भने लोकतन्त्र खोसिन्छ।”

गच्छदारले कांग्रेसकै नेता कार्यकर्ताहरुले पार्टीको मुख्य नारा ‘जय नेपाल’ विर्संदै गएको भन्ने गुनासो समेत गरे ।  उनले भने, “आजभोलि साथीहरुलाई जय नेपाल भन्ने पनि जाँगर चल्दैन । अब एक पटक फेरि जय नेपाललाई ठूलो स्वरले उठाउनु पर्छ।”

आफू १० वर्षसम्म नेपाली कांग्रेस बाहिर रहे पनि ‘जय नेपाल’ भन्न नविर्सिएको गच्छदारको भनाई थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।