बिहीबार, साउन २८, २०८३

रविको पक्ष–विपक्षमा प्रदर्शन गर्न भरतपुरमा रोक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

चितवन– जिल्ला प्रशासन कार्यालय, चितवनले भरतपुरको चौबिसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।

दिनहुँ प्रदर्शन हुन थालेपछि प्रशासनले यस क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो । 

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणबारे अनुसन्धान गर्न रवि लामिछाने सहितका सञ्चारकर्मीलाई पक्राउ गरेपछि यस विषयमा पक्ष–विपक्षमा प्रदर्शन भएका थिए । 

जिल्ला प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्लले आजदेखि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको बताए । 

पत्रकार पुडासैनी गत साउन २० गते नारायणगढ बसपार्कस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । यसबारे जिल्ला प्रहरी कार्यालयसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।