बिहीबार, साउन २८, २०८३

चितवनको राष्ट्रिय वाणिज्य बैंकमा आगलागी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भरतपुर- चितवनको भरतपुरस्थित राष्ट्रिय वाणिज्य बैंकमा आगलागी भएको छ ।

सोमबार बिहान विद्युत सर्ट भएर बैंकको दोस्रो तलामा आगलागी भएको प्रहरीले जनाएको छ । 

बिहान करिब ७ बजे लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट बैंकको कागजजात जलेर नष्ट भएको छ । पैसामा भने कुनै क्षति नभएको उनले बताए । 

आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइराखेको प्रहरीले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।