बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाका जनसंगठनमा कार्यविभाजन : कसलाई कुन जिम्मेवारी ? 

नेकपाका जनसंगठनमा कार्यविभाजन : कसलाई कुन जिम्मेवारी ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका जनसंगठन, प्रदेश समन्वय र विशेष जिल्ला कमिटीमा विभिन्न कमिटीमा नेताको कार्यविभाजन गरेको छ ।
 
आइतबार बेलुका बसेको केन्द्रीय सचिवालय बैठकले २२ जनसंगठन, ७ प्रदेश समन्वय र विशेष जिल्ला कमिटीमा कार्यविभाजन गरेको हो । 
 
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार उपत्यका विशेष कमिटीको इन्चार्जमा लीलामणि पोखरेल, सहइन्चार्जमा भानुभक्त ढकाल र अरुण नेपाललाई जिम्मेवारी दिइएको छ । यस्तै, कमिटीको अध्यक्षमा राजन भट्टराई र सचिवमा लेखनाथ न्यौपाने तोकिएका छन् ।
 
युवा विद्यार्थी विशेष जिल्ला कमिटीको इन्चार्जमा माधव ढुंगेल, सहइन्चार्जमा कृष्ण केसी, अध्यक्षमा रमेश मल्ल र सचिवमा सुनिता बराललाई जिम्मेवारी दिइएको छ ।
 
मजदुर विशेष जिल्ला कमिटीको इन्चार्जमा मीना श्रेष्ठ, सहइन्चार्जमा कुमार पौडेल, अध्यक्षमा जगत सिम्खडा र सचिव नरनाथ लुइँटेल चयन भएका छन् ।
 
पेशागत जिल्ला कमिटीको इन्चार्जमा केशवप्रसाद नेपाल, सहइन्चार्जमा प्रेमल खनाल, अध्यक्षमा प्रेम पराजुली र सचिवमा कृष्णराज केसीलाई जिम्मेवारी दिइएको छ ।
 
उद्योगी व्यवसायी विशेष जिल्ला कमिटीमा इन्चार्ज पार्वत गुरुङ, सहइन्चार्ज शशी श्रेष्ठ, अध्यक्ष (नाम सार्वजनिक नगरिएको) र सचिवमा चन्द्र रिजाललाई तोकिएको छ । 

केन्द्रीय सम्पर्क समन्वय कमिटीको इन्चार्जमा छविलाल विश्वकर्मा, सहइन्चार्जमा डिलाराम आचार्य, विजय गुरुङ र झक्कु सुवेदी, अध्यक्षमा प्रल्हाद बुढाथोकी र सचिवमा नरेन्द्र श्रेष्ठ तोकिएका छन् । 

बैठकले प्रदेश सम्पर्क कमिटीमा समेत कार्यविभाजन गरेको छ । 

प्रदेश १ सम्पर्क कमिटीको इन्चार्ज किशोर अधिकारी, सहइन्चार्ज हेमकुमार राई, अध्यक्ष इन्द्र भण्डारी र सचिव धुव्रकुमार आङदम्बेलाई तोकिएको छ ।
 
प्रदेश २ सम्पर्क कमिटीको इन्चार्जमा अच्युत मैनाली, सहइन्चार्जमा भरत शाह, अध्यक्षमा सुनिता यादव र सचिवमा विल्टु यादवले जिम्मेवारी पाएका छन् ।
 
प्रदेश ३ सम्पर्क कमिटिको इन्चार्ज गणेश पहाडी, सहइन्चार्ज युवराज दुलाल, अध्यक्ष कमला दुङ र सचिव श्याम बस्नेतलाई तोकिएका छ ।
 
गण्डकी प्रदेश सम्पर्क कमिटीको इन्चार्जमा दिलु पन्त, सहइन्चार्जमा चुडामणी खड्का, अध्यक्षमा तारा कुमाल र सचिवमा विष्णु सिग्देलले जिम्मेवारी पाएका छन् ।
 
प्रदेश ५ सम्पर्क कमिटीको इन्चार्ज मानबहादुर बुढा, सहइन्चार्ज गौराप्रसाद कोइराला, अध्यक्ष थानेश्वर बस्याल र सचिव सुनिता रोकायालाई तोकिएको छ । 

कर्णाली प्रदेश सम्पर्क कमिटीको इन्चार्जमा झकबहादुर मल्ल, सहइन्चार्जमा गोविन्दविक्रम शाह, अध्यक्षमा पूर्णबहादुर मल्ल र सचिवमा चित्रबहादुर घर्तीमगर चयन भएका छन् । 

सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीको इन्चार्ज गौरीशंकर चौधरी, सहइन्चार्ज महेश्वर पाठक, अध्यक्ष शिव ठकुल्ला र सचिव हेमन्त जोशीलाई तोकिएको छ ।
 
प्रवक्ता श्रेष्ठका अनुसार बैठकले जनवर्गीय संगठनको इन्चार्ज र सहइन्चार्ज तोकेको छ । ट्रेड युनियन महासंघको इन्चार्जमा जयपुरी घर्ती र सहइन्चार्जमा विनोद श्रेष्ठ चयन भएका छन् ।
 
अखिल नेपाल किसान महासंघको इन्चार्ज वामदेव गौतम, सहइन्चार्ज सुनिल मानन्धर र अध्यक्ष हरि पराजुलीलाई तोकिएको छ । 

अखिल नेपाल महिला संघको इन्चार्जमा गोमा देवकोटा र सहइन्चार्जमा कमला रोका चयन भएका छन् ।
 
राष्ट्रिय युवा संघ नेपालको इन्चार्ज महेश बस्नेत र सहइन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई तोकिएको छ । 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको इन्चार्जमा हितमान शाक्य र सहइन्चार्जमा विनोद ढकाल चयन भएका छन् ।
 
नेपाल बुद्धिजिवी संगठनको इन्चार्ज अग्निप्रसाद सापकोटा र सहइन्चार्ज टंक कार्कीलाई तोकिएको छ ।
 
पेशागत महासंघ नेपालको इन्चार्जमा पम्फा भुसाल र सहइन्चार्जमा विश्वनाथ प्याकुरेलले जिम्मेवारी पाएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।