बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तत्कालीन माओवादीका लडाकु थुनिन थालेपछि नेतालाई चिन्ता

तत्कालीन माओवादीका लडाकु थुनिन थालेपछि नेतालाई चिन्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- सुरक्षा निकाय छाडेर तत्कालीन माओवादीको सेनामा भर्ती हुन पुगेका लडाकुहरू अहिले थुनिएकोमा नेकपा सचेत देव गुरुङले संसद बैठकमै असन्तुष्टि प्रकट गरेका छन्।

माओवादी शान्ति प्रक्रियामा आएपछि पूर्व लडाकुमध्ये केहीको नेपाली सेनामा समायोजन भएको थियो भने अधिकांशले स्वेच्छिक अवकाश रोजेका थिए।

तीनैमध्ये सेनाको जागिर छोडेर माओवादीको ‘जनमुक्ति सेना’ मा प्रवेश गरेका शक्तिबहादुर गुरुङलाई नेपाली सेनाले भगौडा सम्बन्धी कसुरमा मुद्दा चलाएर कारबाही शुरु गरेको थियो।

गुरुङ अहिले सैनिक अदालतले तोकेको १० वर्ष कारावासको सजाय काट्दै छन्। सेनाको समरी जनरल अदालतले गरेको फैसलालाई ९ साउनमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सदर गरेपछि गुरुङलाई चितवन जिल्ला कारागार पठाइएको छ।

तत्कालीन माओवादीका नेताहरू भने पूर्व लडाकुमाथि यसरी कारबाही गरिनु १२ बुँदे सम्झौता विपरित हुने बताउँदै आएका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले यो विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

संसदको विशेष समयमा बोल्दै गुरुङले भने, “जनयुद्धको बेलामा नेपाली सेना परित्याग गरी जनमुक्ति सेना भएकाहरू विरुद्ध सैनिक ऐन २०६३ को दफा ४२ अनुसार कसुर लगाएर गोर्खाका शक्ति गुरुङलाई १० वर्षका लागि कैद गरिएको छ। ८ महिनाअगाडि पूर्व जनमुक्ति सेना भगत लाललाई पक्राउ गरिएको छ। यो कदम संविधानभन्दा विपरित हुन्छ भन्ने लाग्छ। किनभने १२ बुँदे सम्झौता नेपालको अन्तरिम संविधानको अङ्ग बनिसकेको अवस्था हो।’

नेपालको अन्तरिम संविधान २०६३ को अनरसिप लिँदै २०७२ को संविधान आएको बताउँदै गुरुङले २०७२ को संविधानको धारा ३०४ अनुसार संविधानसँग बाझिएका कानुन खारेज हुनु पर्ने पनि माग गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।