काठमाडौं- २०७५ सालको मदन पुरस्कार ‘रणहार’ का लागि योगेश राजलाई र जगदम्बा–श्री पुरस्कार बैरागी काइँलालाई प्रदान गरिने भएको छ।
मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले आज (आइतबार) बसेको गुठीको साधारण सभाले उक्त निर्णय गरेको जानकारी दिएका छन्।
तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्तामध्येका काइँला (तील विक्रम नेम्बाङ) लाई ‘लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन्–अनुसन्धान तथा अभेलिखीकरण गरी नेपाली वाङमयको समृद्धिमा उल्लेखनीय’ योगदान गरेकाले २०७५ सालको जगदम्बा–श्री अर्पण गर्ने निर्णय गरिएको गुठीले जनाएको छ ।
चार–चार लाख रुपैयाँ राशीका दुबै पुरस्कार आगामी असोज १२ गते एक समारोहकाबीच प्रदान गरिने छ ।
मदन पुरस्कार नेपाल तथा नेपाल बाहिरबाट नेपाली भाषामा प्रकाशित पुस्तकहरुमध्येबाट एक पुस्तकलाई तथा जगदम्बा–श्री नेपाली वाङ्मयको श्री–वृद्धीमा योगदान गर्ने व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४