बिहीबार, साउन २८, २०८३

अल्जाइमर के हो, कसरी जोगिने ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

स्मृति क्षय हुने रोगलाई अल्जाइमर भनिन्छ । अल्जाइमर रोगले व्यक्तिको व्यवहार तथा व्यक्तित्वमा परिवर्तन गर्ने, बिर्सने, अरुलाई विश्वास गर्न नसक्ने, शङ्का गर्ने, हिँडडुल गर्न नसक्ने बनाउँछ ।

यो रोग मस्तिष्कका विकृतिहरू समूहगत रोग हो । जसले सोच, स्मृति, निर्णय क्षमता तथा व्यक्तित्वलाई दुष्प्रभावित गर्छ । यो रोग बिस्तारै बढ्दै जाने भएकाले पहिले यसको निदान हुँदैन । र सुरुको अवस्थामा अधिकांश बिरामीले उपचारको आवश्यकता महसुस गर्दैनन् ।

मानिसको आयु वृद्धिसँगै यो रोग धेरै व्यापक हुँदै गएको छ । सन् २०५० सम्ममा विश्वका १ प्रतिशत भन्दा वढी मानिसलाई यो रोगले गाँज्ने अनुमान गरिएको छ ।

तनाव र विभिन्न समस्याका कारण महिलाहरूमा अल्जाइमर रोगको जोखिम बबढेको छ । अन्तराष्ट्रिय पत्रिका ‘गैरियाटिक साइके्रटिमा’ प्रकाशित एक रिर्पोटअनुसार तनावबाट जन्मिने हार्मोन महिला र पुरुषमा अलगअलग किसिमले उत्पन्न हुने गर्दछ । पुरुषको तुलनामा महिलामा अल्जाइमर रोग अत्यधिक रुपमा बढ्ने गर्छ ।

अल्जाइमर रोग विश्वभर फैलिएको छ । विश्वका झण्डै ४ करोड ७० लाख मानिस अहिले डिमेन्सिया अर्थात् भुल्ने कारण हुने पागलपनबाट प्रभावित छन् । यो रोगले प्रत्येक ६८ सेकेन्डमा आफ्नो प्रभाव देखाउने चिकित्सकहरु बताउँछन् ।

अल्जाइमर्स एशोसियसनका अनुसार ६० वर्षभन्दा वढी उमेरका महिलाहरू अल्जाइमर पीडित हुन्छन् । वर्तमान अवस्थामा यो रोगको उपचार र अल्जाइमर गम्भीर हुनबाट रोक्ने ओषधि बनेको छैन ।

अमेरिकाका जोन होकिन्स युनिर्भसिटीका प्रोफेसर सिसन्थया मुनरोका अनुसार हामी मानिस समस्या र तनावबाट मुक्त हुन सक्दैनौँ । तर तनावबाट कसरी मुक्त हुने भन्ने समाधान पक्कै आफैसँग हुन्छ ।

अल्जाइमर सम्बन्धी जान्नुपर्ने केही जरुरी तथ्यहरू यस्ता छन् ।

– सामान्यतया ६५ वर्षको उमेरपछि यो रोग लाग्छ । र ६५ वर्षपछि प्रत्येक पाँच वर्षमा यसको प्रभाव दुई गुणा बढ्दै जान्छ ।

– वढी संवेदनशील स्वभाव र आयु लामो हुने भएकाले महिलामा वढी यो रोग लाग्छ ।

– वंशाणुगत र टाउकोमा वढी चोटपटक लागेको व्यक्तिमा ।

– उच्च रक्तचाप र उच्च कोलेस्ट्रोल, डिप्रेसन र मानसिक बिरामी, डाउन सिन्ड्रोम, सुस्त मनस्थिति र अधिक मोटोपना भएकालाई लाग्छ ।

१. सुरुको अवस्था

–  तत्कालीन घटना एवम् कुराकानी बिर्सनु ।

–  हिँडाइ असामान्य देखिनु ।

–  डिप्रेसन र सामान हराउनु ।

–  एकाग्रतामा कमी हुनु ।

२. मध्यम अवस्था

– आफ्नो पहिचान बिर्सनु ।

– मतिभ्रष्ट, वादविवाद, कुटपिट र हिंस्रक हुनु ।

– राम्रो, नराम्रो र खतरापूर्ण वस्तु पहिचान गर्न नसक्नु ।

– समाजबाट एक्लिनु ।

३. गम्भीर अवस्था

– सम्वेदना हराउने र वजन घट्ने ।

– आफन्त, साथी र परिवाका सदस्यहरु नचिन्ने ।

– खानेकुरा चपाउन र निल्न नसक्ने ।

– चेतना हराउने ।  

कसरी जोगिने ?

अल्जाइमरको पुरा उपचार भने छैन । यो रोग सम्बन्धी जति पनि औषधी उपचारहरुको व्यवस्था भएको छ त्यसले अल्जाइमरको एक अवस्थाबाट अर्को अवस्थामा बल्झिन नदिने मात्र हो । अल्जाइमर भइसकेका बिरामीमा यसले जति क्षति गरेको छ त्यो पुर्णरुपमा ठिक हुने औषधि उपचार आजसम्म बनेको छैन ।

ती सबै औषधि उपचारहरु अनुसन्धानको क्रममा छन् । तर अल्जाइमर सुरुवाती चरणमा छ भने मल्टि भिटामिन, एन्टि अक्सिडेन्ट, माछाको तेलको मद्धतबाट दिमागको कोशिकाहरुलाई सन्तुलनमा राखी उपचार विधि सुरु गरी रोग बल्झिनबाट रोक्न सकिन्छ । बाँकी उपचार विधि भनेको ध्यान, दिमागको थेरापी, र अन्य औषधि उपचार रहेको डा. रविन्द्र पाण्डे बताउँछन् ।

अल्जाइमरको औषधि पहिले भारतबाट ल्याउने गरिन्थ्यो । अहिले विभिन्न अल्जाइमर सम्बन्धी संस्थाले गर्दा सहज रुपमा नेपालका पनि बजारमा उपलब्ध छन् । खासै यो रोग निर्मुल गर्न भने सकिँदैन, यसको रोकथाम गर्दा भविष्यमा यसबाट हुने समस्याबाट बच्न सकिन्छ । यसको लागि बजारमा अल्जाइमर सम्बन्धी औषधी उपचार उपलब्ध छ ।

अल्जाइमरको सही समयमा उपचार गर्न सकियो भने जुन तरिकाले यो रोग बल्झिदै जान्छ त्यसलाई कम गर्न सकिन्छ । यो रोगले बिरामी सँगै उसका आफन्तलाई पनि उत्तिकै दुःख दिन्छ ।

व्यक्तिमा अल्जाइमर देखापर्ने बित्तिकै उपचार गरिएन भने तीनदेखि चार वर्षसम्म बिरामीको मृत्यु हुने गर्छ । अल्जाइमर्समा मृत्युको मुख्य कारण खाना सड्किनु हो । खाना फोक्सोमा जानुलाई निमोनाइटिज भनिन्छ जुन मृत्युको मुख्य कारण हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।