बिहीबार, साउन २८, २०८३

सल्यानमा विप्लव समूहद्वारा ६ रोपनी जग्गा कब्जा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सल्यान- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सल्यानमा ६ रोपनी जग्गा कब्जा गरेको छ। विप्लवले जिल्लाको छत्रेश्वरी गाउँपालिका ६ लान्तीमा रहेको खैरावाङ मन्दिरको ६ रोपनी जग्गा कब्जा गरेको हो। विप्लवको ‘जिल्ला जनपरिषद्’ सल्यानले शनिबार राती झण्डा गाडेर जग्गा कब्जामा लिएको जनाएको हो।

जनपरिषद्ले राखेको कालो ब्यानर भनिएको छ, ‘परिवर्तनकारी जनतालाई हाम्रो सलाम, दलाल, भ्रष्ट, भूमाफिया हाम्रो निशानी, जन युद्धको क्रममा कब्जा गरिएका सबै जग्गा पुन जनपरिषद् नेपालले आजको मितिदेखि आफ्नो नियन्त्रणमा लिएको जानकारी गराउँदछौँ।

नेकपा सल्यानका सेक्रेटरी लोक्पाल केसीले जन युद्धमा कब्जा गरिएका घर जग्गा सल्यानमा थुप्रै भएको बताए। उनले अब ती सबैलाई आफूहरु सहित जनताले पुनः कब्जामा लिने बताए। आफूले कब्जा गरेको उक्त जग्गालाई के गर्ने भन्नेबारे पार्टीको केन्द्रीय निर्णयपछि मात्रै भन्न सकिने बताए।

विप्लवले कब्जा गरेको जग्गा जनयुद्धकालमा तत्कालीन माओवादीले पनि कब्जामा लिएको थियो। शान्ति प्रकृयामा आइसकेपछि कब्जा फिर्ता भएको थियो। अहिले यो जग्गालाई वार्षिक १३ हजार भाडा तिरेर एक व्यक्तिले खेतीपाती गर्दै आएको खैरावाङ मन्दिर समितिले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।