बिहीबार, साउन २८, २०८३

'द्वन्द्वकालीन मुद्दा समाधानको प्रक्रिया एक सातामै'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले यसैसाताबाट द्वन्द्वकालीन मुद्दा समाधानको प्रक्रिया अगाडि बढ्ने बताएका छन्।

आइतबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसैसाता सत्यनिरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी सिफारिस हुने र काम अघि बढ्ने बताएका हुन्।

‘सिफारिस आएलगतै आयोगले पूर्णता पाउनेछ। द्वन्द्वकालीन मुद्दाको समाधान हुन्छ,’ प्रधानमन्त्री ओलीले भने । 

उनले संघीयताको कार्यन्वयनमा सरकार अगाडि बढेको पनि दाबी गरे।

अन्तर प्रदेश परिषद्को बैठक निकट चाँडै हुने जानकारी दिदै प्रधानमन्त्री ओलीले वारा–पर्साका चक्रवात प्रभावितलाई भदौ दोस्रो साताभित्रै नयाँ घर हस्तान्तरण गरिने पनि बताएका थिए।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।