बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ​​​​​​​कञ्चनपुरमा सामूहिक बलात्कारका दुई आरोपी पक्राउ 

​​​​​​​कञ्चनपुरमा सामूहिक बलात्कारका दुई आरोपी पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - कञ्चनपुरमा एक युवती माथि सामूहिक बलात्कारको आरोप लागेका पाँचजनामध्ये दुई जना पक्राउ परेका छन्। 

शुक्लाफाँटा नगरपालिका–९ नौखरीकी १७ वर्षीया युवतीमाथि गएको शुक्रबार सामूहिक बलात्कार गरेको आरोपमा शुक्लाफाँटा नगरपालिका–११ का १९ वर्षीय धिरेन्द्र थापा र सोही ठाउँकै भुपेश ऐरलाई प्रहरीले पक्राउ गरेको हो।  

उनीहरुलाई ईलाका प्रहरी कार्यालय झलारीको टोलीले शनिबार पक्राउ गरेको प्रहरी निरीक्षक नैनसिंह साउदले जानकारी दिए। साउदका अनुसार आरोपितहरुले शुक्रबार राति युवतीलाई घरबाट बाहिर बोलाएर खोलाको किनारामा लगी बलात्कार गरेका थिए।

घटनामा पाँच जनाको संलग्नता रहेको अनुसन्धानबाट खुले पनि अन्य तीन जना भने फरार छन् । फरार आरोपीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।