गोरखा - गोरखा नगरपालिका–९ लक्ष्मीबजारका २० वर्षीय याकुव परियारले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। शनिबार राति परियारले श्रीमती पूजा परियारमाथि खुर्पा प्रहार गरि हत्या गरेका हुन्।
हत्या के कारणले गरेको भन्नेबारे केहि नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। परियारलाई प्रहरीले राति नै पक्राउ गरेको छ। मृतक पुजाको शव जिल्ला अस्पताल गोरखामा राखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४