बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मार्क्सवाद र एसियाली दर्शन सम्मेलनमा दश देशको सहभागिता हुने

मार्क्सवाद र एसियाली दर्शन सम्मेलनमा दश देशको सहभागिता हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - दुई दिने मार्क्सवाद र एसियाली दर्शन विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा १० देशका ३०० भन्दा बढीले सहभागिता जनाउने भएका छन् । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र मार्क्सीय गुरुकुलको आयोजनामा भदौ २ र ३ गते राजधानीमा सम्मेलन आयोजना हुँदैछ। 

सम्मेलनमा नेपाल, चीन, भारत, अमेरिका, बेलायत, थाइल्याण्ड, दक्षिण कोरियालगायत देशका प्रतिनिधिको सहभागिता हुने आयोजक समितिका सदस्य सचिव डा प्रेमराज न्यौपानेले जानकारी दिए। सम्मेलनमा पूर्वीय सोच र मार्क्सवाद, कर्मकाण्डमा मार्क्सवाद, वेदान्त र मार्क्सवाद, बौद्ध दर्शन र मार्क्सवाद दर्शन, सङ्ख्य दर्शन र मार्क्सवाद, मार्क्सवाद र एसियाली दर्शनको अध्ययन पद्धति, कला साहित्यलाई हेर्ने मार्क्सवाद दृष्टिकोण, मार्क्सवाद र नेपाली साहित्य, मार्क्सवाद र बुद्ध दर्शनका समदृष्टिकोण, दर्शन विश्वदर्शन, मार्क्सवाद र एसिया अनुभव, वैदिक साहित्यमा मार्क्सवादी धारणालगायत २८ विषयका कार्यपत्र सम्बन्धित क्षेत्रका विज्ञले प्रस्तुत गर्नेछन्।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजक समितिले जनाएको छ। सम्मेलनको अन्त्यमा काठमाडौं घोषणापत्रसमेत जारी गरिने छ। यस विषयमा पहिलोपटक सम्मेलन आयोजना गर्न लागिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।