बिहीबार, साउन २८, २०८३

दुर्घटनामा पत्रकारको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

रुपन्देही- लगानी सम्मेलनका लागि विराटनगर जाँदै गरेको पिकअप स्कारिपियो अनियन्त्रित भई दुर्घटना हुँदा पत्रकारको मृत्यु भएको छ ।
    
सप्तरीको कञ्चनरुप नगरपालिका–११ बक्साहास्थित पूर्व–पश्चिम राजमार्गमा बा१६प २२३५ नम्बरको स्कारपियो दुर्घटना हुँदा शनिबार रेडियो नेपाल रुपन्देही तथा बुटवल टुडेका संवाददाता ४२ वर्षीय डायल्सन अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए ।

प्रहरीका अनुसार उछिन्ने क्रममा अनियन्त्रित भई पार्किङ गरी राखिएको स११ प ४६२९ नम्बरको स्कुटीमा ठक्कर लागेर स्कारपियो पल्टिएको हो ।

सुमो मोटरमा सवार रुपन्देही उद्योग वाणिज्य सङ्घका अध्यक्ष ५२ वर्षीय झविन्द्रप्रसाद कँडेल (जेपी कँडेल), तिलोत्तमा नगरपालिका–१ का वडाध्यक्ष ४६ वर्षीय रामनाथ पाण्डे, वडा नम्बर ५ का वडा अध्यक्ष ४६ वर्षीय सोहन चौधरी थारू र चालक रुपन्देही सियारी गाउँपालिका ५ का ३६ वर्षीय अशोक भण्डारी घाइते भएका छन् । 
    
कँडेलको बायाँ हात र अनुहारमा, पाण्डेको टाउकोमा, थारुको टाउको र अनुहारमा र चालक भण्डारीको अनुहारमा चोट लागेको छ । घाइते चारै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक मिश्रले बताए । घाइतेमध्ये चालक भण्डारी गम्भीर रहेको उनले बताए ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।