बिहीबार, साउन २८, २०८३

मल्लकालीन लाय्कू भैलः आजदेखि सुरु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - मध्यपुरको लोपोन्मुख मल्लकालीन लाय्कू भैलः आज साँझबाट सुरु हुने भएको छ। गाईजात्राको भोलिपल्ट अर्थात् आजदेखि सुरु हुने नाचको आवश्यक तयारी पूरा भएको लाय्कू भैलः नाच व्यवस्थापन समितिले जानकारी दिएको छ। 

पैतालीस वर्ष बन्द भएर रोकिएको लाय्कू भैलः को नाच विगत तीन वर्षयता यहाँका युवाले पुनः सञ्चालनमा ल्याएपछि भने हरेक वर्ष नियमितरुपमा सञ्चालन भइरहेको छ । लाय्कू अर्थात दरबार र भैलः अर्थात भैरव नाच मल्लकालदेखि देवीदेवताको मुखाकृति रहेको मुकुण्डो लगाएर नाच्ने गरिन्छ। नाचको तयारीका लागि एकसाता अघिदेखि थिमिको ऐतिहासिक लाय्कू दरबारमा प्रशिक्षण दिइरहेका नाचका गुरु अर्जुन श्रेष्ठले जानकारी दिए। 

मध्यपुरथिमिको लायकू दरबारबाट निस्किएर यो नाच बालकुमारी मन्दिर प्राङ्गणलगायत विभिन्न टोलमा चार दिनसम्म प्रत्येक साँझदेखि राती अबेरसम्म सञ्चालन हुने उनले जानकारी दिए। तान्त्रिक विधिअनुसार नचाइने भैलः नाच नेपाल संवत् तिथिअनुरुप गुंलागा द्धितीयादेखि पञ्चमीसम्म चारदिन नचाइन्छ। नाच व्यवस्थापन समितिका संयोजक तथा बाजा गुरु श्रेष्ठले आजदेखि भदौ ३ गतेसम्म नाच सञ्चालन हुने जानकारी दिए। 

भैलः दुई, दाःगिं दुई र ज्यापूँग एक गरी पाँच देवगण सहभागी हुने नाचको लागि यो वर्ष ज्यापुगः सोहन श्रेष्ठ, न्हापा भैलः विनोद श्रेष्ठ, लिपा भैलः सजन श्रेष्ठ, न्हापा दागिं सज्जन श्रेष्ठ तथा लिपा दागिंको रुपमा सोनिश श्रेष्ठले नाच नाच्ने भएका छन्। भैरवले खड्ग, कुमारीले डमरु र ज्यापुँगःले कपासको बियाँ, अक्षता र चामल भुटेर तयार गरिएको ताय् भएको भाँडो, हातमा लिएर बाजाको तालमा हाउभाउ प्रस्तुत गर्दै नाच्ने गरिन्छ । 

नाचका क्रममा भैलः र दागिंले क्रोधित मुद्रा प्रस्तुत गरेपछि ज्यापुँगःले हानेर शान्त बनाइन्छ । नाचका लागि बाजा बजाउने टोलीमा १२ जनाले दागः, आठ जनाले भुस्याः, आठै जनाले पोङ्गा र चार जनाले म्वायेली बजाइन्छ । तत्कालीन अवस्थामा भूतप्रेत, पिसाचसँगको किंवदन्ती जोडेको भैलः नाच सञ्चालनका लागि हरेक वर्ष करीब रु १० लाख खर्च हुँदै आएको छ । व्यवस्थापन समितिले स्थानीय स्रोतबाट आर्थिक व्यवभार धान्दै आएको छ । 

ऐतिहासिक र धार्मिक महत्व बोकेको नाचलाई दिगो बनाएर सम्बद्र्धन गर्न व्यवस्थापन समितिले अक्षयकोषको व्यवस्था गरेको छ । अक्षयकोषमा रु १३ लाख जम्मा भइसकेको सह संयोजक निरञ्जन श्रेष्ठले जानकारी दिए। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।