दाङ - दाङको लमही नगरपालिका–५ स्थित विश्वास काष्ठ फर्निचर उद्योगमा शुक्रबार राति आगलागी हुँदा करिब ६५ लाखको क्षति भएको छ।
उद्योग सञ्चालक रविलाल आचार्यका अनुसार मध्यरातमा एक्कासी आगो लागेपछि सबै सामान जलेर नष्ट भएको छ। “मध्यरातमा आगो लाग्दा नियन्त्रण गर्न धौधौ भयो”, उनले भने। विद्युत् सर्ट हुँदा आगलागी भएको हुन सक्ने आचार्यको अनुमान छ। लमही नगरपालिकाको दमकल, पानी ट्याङ्कर, स्थानीयवासी, प्रहरीलगायतको सक्रियतामा आगो निभाइएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४