बिहीबार, साउन २८, २०८३

चेपाङ बस्ती बनाइदिने भन्दै ठगी गर्ने ५ जना पक्राउ  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- चेपाङ बस्ती बनाउने भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी बृत्त बालजुबाट खटिएको प्रहरीले ५ लाख रुपैयाँ बराबरको दुई कोठे घर र शौचालय बनाई दिन्छौं भनी ठगी गर्ने ५ जनालाई काठमाडौं महाबौद्धबाट बिहीबार दिउँसो पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा काठमाडौं सितापाईला बस्ने मकवानपुर राक्सिराङ गाउँपालिका–४ घर भएका २४ वर्षीय राज प्रजा, २५ वर्षीय राज कुमार प्रजा, ३० वर्षीय दिपक प्रजा, ३८ वर्षीय श्याम कुमार प्रजा र ३४ वर्षीय विनोद प्रजा रहेका छन्।

प्रहरीले उनीहरुको साथबाट नगद ८५ हजार ५ सय रुपैयाँ, नक्कली छाप ४ थान, रजिष्ट्रेशन फर्महरु, भिजिटिङ कार्ड, रजिष्टरहरु, एभरेष्ट र महालक्ष्मी बैंकको चेक बुक २ थान, मोबाइल २ थान र नेपाली राहदानी १ थानसमेत बरामद गरेको छ।

काठमाडौं महानगरपालिका-१६ माछापोखरीमा चेपाङ बस्ती बनाउने भन्दै पैसा लिइरहेको सूचना पाएपछि बालाजु प्रहरीले अपरेशन गरेको थियो।

पक्राउ परेका उनीहरुले मकवानपुरको लोथरमा रहेका चेपाङ बस्तीमा ३ सय घर धुरीको चेपाङ वस्ती बनाईदिने भन्दै फर्म भरे वापत २ हजार रुपैयाँ  असुली गदै आएका थिए।

विभिन्न व्यक्तिबाट उठाएको रकमबाट दुई कोठ घर तथा एक शौचालय बनाउने भन्दै रकम असुली गरेको बालाजु प्रहरीले जनाएको छ।

पक्राउ परेका उनीहरुको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।