बिहीबार, साउन २८, २०८३

प्रदेश २ सरकारले ४२ हजार युवालाई रोजगारी दिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- प्रदेश– २ सरकारले आगामी तीन वर्षभित्र प्रदेशका ४२ हजार युवालाई रोजगारी दिने दाबी गरेको छ।

प्रदेश सरकारले डिफिड र अन्य ६ वटा संस्थासँग शुक्रबार युवाहरुलाई सीपका साथै रोजगारी प्रदान गर्नेगरी सम्झौता गरेलगत्तै ४२ हजार युवालाई रोजगारी प्राप्त हुने दाबी गरेको हो। 

प्रदेशमा रहेको बेरोजगारीको समस्यालाई क्रमशः समाधान गर्दै लैजाने योजनाअनुरुप पहिलो चरणमा ६ वटा संस्थाले बेरोजगार युवाहरुलाई सीप प्रदान गर्दै रोजगारी उपलब्ध गराउने वा स्वरोजगार बनाउने सम्झौता गरेका हुन्।

प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री लालबाबु राउत, सीप कार्यक्रमका टिम लिडर बलजित बोहरा र सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुले छुट्टाछुट्टै सम्झौता गरेका छन्।

वैदेशिक रोजगारीमा जाने युवा तथा गरिब, दलित र महिलालाई लक्षित गरी कार्यक्रम संचालन गरिने मुख्यमन्त्री राउतले बताए । 

निरन्तर एक वर्षसम्मको प्रयासपछि रोजगारी सिर्जनाको क्षेत्रमा प्रदेश सरकार अगाडि बढेको उल्लेख गर्दै उनले यस कार्यमा सहयोग गर्ने डिफिडलगायतका साझेदार संस्थाहरुलाई धन्यवाद दिए।

सम्झौता अनुसार प्रभु बैंकले अगामी तीन वर्षभित्र बैदेशिक रोजगारमा जाने सात हजार पाँचसय युवालाई बिना धितो सहुलियत ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारीमा गएकामध्ये तीन हजार पाँच सय परिवारका महिलालाई स्वरोजगार बन्न बिना धितो १० लाख सहुलियत ऋण उपलब्ध गराउने र वैदेशिक रोजगारीबाट फर्केका युवामध्ये चार हजारलाई सीप अनुसारको स्वरोजगार बन्न १५ लाखसम्म बिना धितो सहुलियत ऋण उपलब्ध गराउने भएको छ । 

यसैगरी नेपाल एसबीआई बैंकले अगामी तीन वर्षभित्र वैदेशिक रोजगारमा जाने सात हजार सात सय पचास युवालाई बिना धितो सहुलियत ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारीमा गएकामध्ये तीन हजार पाँच सय परिवारका महिलालाई स्वरोजगार बन्न १० लाख बिना धितो सहुलियत ऋण उपलब्ध गराउने र वैदेशिक रोजगारीबाट फर्केका युवामध्ये चार हजारलाई सीपअनुसारको स्वरोजगार बन्न १५ लाखसम्म बिना धितो सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

वैदेशिक रोजगारीमा जान चाहने तथा स्वरोजगार बन्न चाहने युवाहरुलाई सिप कार्यक्रम अन्तर्गत तालिम दिइने छ ।

यता ‘मेरो जब्स’ ले रोजगारी कार्यक्रम अन्तर्गत रोजगार पसलमार्फत अगामी तीन वर्षमा ७ हजार युवाहरुलाई रोजगारी उपलब्ध गराउने सम्झौता गरेको छ ।

यसैगरी ‘एमाजोन’ को सहकार्यमा जेनिसले ४ हजार युवालाई सिप सहित रोजगारी दिने तथा ‘फ्युज मेसिन’ ले आइसिटी क्षेत्रमा ४ हजार युवालाई रोजगार उपलब्ध गराउने सम्झौता गरेको छ । 

यता मोरंग अटो वर्क्स प्रदेश- २ को अस्थायी राजधानी जनकपुरमा हेभी गाडीको ड्राइभिङ्ग तथा मेकानिकल ट्रेनिङ्ग सेन्टरको स्थापना गरी तीन वर्षभित्र ४ हजार युवाहरुलाई रोजगारी दिने सम्झौता गरेको छ । 

रोजगारदाता संस्थाहरुलाई प्रदेश सरकारले आवश्यक सुविधा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । कार्यक्रममा मुख्यमन्त्री राउतले रोजगारदाताहरुलाई आवश्यक ऐन कानून लगायतका अन्य सुविधा उपलब्ध गराउन प्रदेश सरकार सदैव तत्पर रहने प्रतिवद्धता जनाए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।