बिहीबार, साउन २८, २०८३

सेन्चुरी बैंकको नायव कार्यकारी अधिकृतमा न्यौपाने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सेञ्चुरी कर्मिर्सयल बैंकले मनोज न्यौपानेलाई नायव कार्यकारी प्रमुखमा नियुक्त गरेको छ । 

न्यौपाने सोही बैंकमा दुई वर्षदेखि प्रमुख व्यवसाय अधिकृत पदमा कार्यरत थिए । उनलाई बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले नायव कार्यकारी प्रमुखमा नियुक्त गरेको हो । 

लक्ष्मी बैंकबाट बैंकिङ सेवा प्रारम्भ गरेका न्यौपानेको हिमालयन बैंक लिमिटेड तथा सनराईज बैंक लिमिटेडमा गरी करिब १५ वर्षको बैकिङ अनुभव छ । उनी बैंकको प्रमुख सूचना अधिकारी पनि हुन । 

न्यौपानेले काठमाडौं विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् ।

उनको प्रभावकारी नेतृत्वमा बैंक आगामी दिनहरुमा अझ गतिशिल भई सफलताका साथ अगाडि बढ्ने विश्वास लिइएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।