बिहीबार, साउन २८, २०८३

तिब्बतीलाई नागरिकता दिने वडा अध्यक्ष पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- कास्की प्रहरीले पोखरा महानगरपालिका-१८ का वडा अध्यक्ष रणबहादुर थापालाई पक्राउ गरेको छ। तिब्बती नागरिकलाई नागरिकताको सिफारिस दिएपछि प्रहरीले जनप्रतिनिधिलाई पक्राउ गरेको हो।

थापासहित वडा सदस्य ज्ञानबहादुर थापा र वडा सचिवलाई समेत कास्की प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

तिब्वती नागरिकलाई नेपाली नागरिकता दिन सिफारिस गरेको आरोपमा शुक्रबार  वडा अध्यक्षसहित ३ जना पक्राउ परेको जिल्ला प्रहरी कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए। 

गैर नेपालीलाई नागरिकता दिन सिफारिस गरेको आरोपमा यस अगाडि पोखरामै ५ जना पक्राउ परेका थिए। 

पोखरा-१८ साराङकोटका लेखबहादुर थापाले तिब्बतीलाई छोरी बनाएर जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता लिएका थिए। सो नागरिकताका लागि सिफरिस गर्ने वडा अध्यक्षसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

थापा तत्कालीन नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

थापाले तिब्बती शरणार्थीसँग विवाह गरेकी छोरीतर्फका दुई नातिनीलाई आफ्नै छोरी बनाएर सनाखत गरी नागरिकता दिलाएको प्रशासनले जनाएको छ। तिब्बती बाबु र नेपाली आमाबाट जन्मिएका दुईजनाले नागरिकता लिएका थिए।

सरु थापामगर र तासी आङ्मो थापा मगरले गत जेठ २६ र असार ६ मा नेपाली नागरिकता लिएका थिए।

सरुका नाममा नागरिकता ४६–०१–०७६–२०३९ तथा तासी आङ्मोको नाममा ४६–०१–०७६–०१६३३ नम्बरको नागरिकता जारी भएको छ।

नागरिकतामा सरुको उमेर २७ वर्ष र तासीको २६ वर्ष भनिएको छ। दिदीबहिनीको उमेरको फरक ७ महिना मात्रै छ।

छोरी भनेर सनाखत गर्ने लेखबहादुर थापा, साक्षीहरू ज्ञानबहादुर थापा क्षेत्री, सन्तोष थापामगर, कमल थापामगर र इमा थापामगर पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई दिदीबहिनी पनि छन्।

नागरिकता दिने काममा संलग्न नागरिकता फाँटका प्रशासकीय अधिकृत ऋषिराम आचार्य, खरिदार परशुराम पौडेल, खरिदार रामचन्द्र थापा, नासु डाँसीराम लामिछानेलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ।

नागरिकता ऐन ०६३ अनुसार कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झूठो विवरण दिएर नेपाली नागरिकता लिएमा १ देखि ५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।