बिहीबार, साउन २८, २०८३

विमानस्थलमा आइजीपी खनालको छड्के 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक निरीक्षण गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाको व्यवस्था तथा सुरक्षार्थ खटिने प्रहरीरीले गर्ने व्यवहार बुझ्न आईजीपी खनाल आकस्मिक रुपमा विमानस्थल पुगेका हुन्। खनालसँगै निरीक्षण भ्रमणमा महानगरीय प्रहरी कार्यालय रानी पोखरीका प्रमुख डिआइजी शैलेश थापासमेत पुगेका थिए।

आइजीपी खनालले विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीहरू यात्रुहरुसँग अझै सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गरी स्मार्ट प्रहरीको काम गर्न निर्देशन दिएका थिए। खनालले प्रहरी कर्मचारीलाई व्यक्तिगत तथा पेशागत आचरण सुधार गर्न  तथा थप जिम्मेवार बनी लगनशील, निष्पक्ष र निस्वार्थ रुपमा साथ काम गर्न निर्देशन दिए।

छड्के चेक गर्न विमानस्थल पुगेका खनालले सुरक्षा जाँच, लगेज स्क्रृनिङ लगायत हवाई सुरक्षासँग सम्बन्धित उपकरणहरुको समेत निरिक्षण गरेका थिए।

नेपाल समयसँग कुरा गर्दै महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी शैलेश थापाले विमानस्थल सुरक्षाका हिसावले अत्यान्तै संवेदनशील क्षेत्र भएकाले यसको सुरक्षा मजबुती तथा थप सुधारको लागि आकस्मिक निरीक्षण गरिएको जानकारी दिएका छन्।

थापाले विमानस्थलको सुरक्षाको अवस्था बुझ्न आकस्मिक रुपमा निरिक्षण गरिएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।