बिहीबार, साउन २८, २०८३

 ईश्वर पोखरेललाई नेकपा स्कुल विभागको जिम्मेवारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-  शुक्रबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  सचिवालय बैठकले केन्द्रीय विभागहरुमा नेतृत्वको टुंगो लगाएको छ।

सर्वाधिक चर्चामा रहेको स्कुल विभागको जिम्मेवारी नेता ईश्वर पोखरेलले पाएका छन् । 

यसबाहेक प्रचार विभागमा नारायणकाजी श्रेष्ठ, संगठन विभागमा बामदेव गौतम, नीति अध्ययन विभागमा झलनाथ खनाल तथा विदेश विभागमा माधवकुमार नेपाललाई प्रमुखको जिम्मेवारी दिइएको छ।

यसअघि स्कुल विभागमा नारायणकाजी श्रेष्ठले दाबी गर्दै आएका थिए ।

नेकपाको विभिन्न केन्द्रीय विभागको प्रमुख तथा उपप्रमुखको जिम्मेवारी टुंगो लगाउन लामो समयदेखि बैठक बस्दै आए पनि स्कूल विभागको नेतृत्व कसले लिने भन्ने विवादका कारण निर्णय हुन सकिरहेको थिएन । 

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले विभागको जिम्मेवारी टुंगो लगाएको हो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।