बिहीबार, साउन २८, २०८३

देउवाले सुनाए आफ्ना उपलब्धि 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– संसदमा प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको भनी आलोचना भइरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना उपलब्धि सुनाएका छन्।

गण्डकी प्रदेशमा आयोजित आन्तरिक प्रशिक्षणमा आफ्ना उपलब्धिबारे बोल्दै सभापति देउवाले भने, ‘सुशील कोइराला र जीपी कोइराला हस्पिटललाई केन्द्रमा ल्याएरै छाड्यौ। कयौं विधेयकमा संसद घेराउ गर्‍यौं’

ओली सरकारले नेपालमा अधिनायकवाद लाद्न खोजेको आरोप लगाउँदै उनले अगाडि भने,  “मिडिया काउन्सिल सम्बन्धी विधेयक गम्भीर छ। सरकार आफ्ना प्रतिद्वन्द्वीलाई समाप्त पार्न खोज्दैछ। मानव अधिकार आयोगको स्वतन्त्र हरण गर्न खोज्दैछ ।’

सरकारले नेपाली कांग्रेसको मुलनारा मध्येको चारवटा विषयमाथि पनि प्रहार गरेको देउवाको आरोप छ। स्वतन्त्रता, समानता, न्याय र  प्रजातान्त्रिक समाजवादमाथि सरकारले प्रहार गरेको उनको भनाई छ ।

पार्टीको अन्तरिक एकता बलियो हुने दाबी गर्दै देउवाले भने, “अब यही उपचुनावबाट पार्टी एकजुट हुन्छ। पार्टीको महाधिवेशन पनि हुन्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।