आइतबार, साउन १७, २०८३

कश्मीर विवाद : सुरक्षा परिषद्को आकस्मिक बैठक बस्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – भारत प्रशासित कश्मीरलाई दिइएको विशेष राज्यको दर्जा फिर्ता लिने भारतको निर्णयमाथि चर्चा गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आकस्मिक बैठक आज बस्दैछ।  

समाचार संस्था एएफपीले दिएको जानकारी अनुसार सुरक्षा परिषद्को वर्तमान अध्यक्ष पोल्याण्डले यस विषयमा छलफल गर्न बैठक बोलाएको छ। 

भारत र पाकिस्तानबीचको यस विवादित सीमा क्षेत्रमा दुबै पक्षका सैनिकबीच तनाव बढीरहँदा स्थिती गोली हानाहानसम्म पुगेको छ। बिहीबार भएको गोली हानाहानमा पाकिस्तानका तीन सैनिकको ज्यान गएको छ भने पाकिस्तानले भारतका पाँच सैनिकको मृत्यु भएको बताएको छ। तर, भारतले भने आफ्ना कुनै पनि सैनिकको भिडन्तमा मृत्यु नभएको बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।