शनिबार, चैत ७, २०८२

भारत र पाकिस्तानका सेनाबीच गोली हानाहान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
कश्मीर - कश्मीरस्थित भारत-पाकिस्तान नियन्त्रणरेखामा भारतीय र पाकिस्तानी सेनाबीच गोली हानाहान भएको छ। सो घटनामा परी आफ्ना तीन सैनिकको मृत्यु भएको पाकिस्तानले बताएको छ। सो घटनामा दुई गैरसैनिक नागरिकको पनि ज्यान गएको उसको भनाइ छ।

पाँच भारतीय सैनिक पनि मारिएको पाकिस्तानको दाबीलाई भने भारतले खण्डन गरेको छ।

भारतले आफ्नो नियन्त्रणमा रहेको जम्मू-कश्मीर राज्यलाई दिइएको विशेष संवैधानिक मान्यता खोसेपछि सो क्षेत्र तनावग्रस्त छ। कश्मीरको विषयमा पाकिस्तानले भारतको आलोचना गरेको छ। नियन्त्रणरेखा विवादित कश्मीर क्षेत्र भारत र पाकिस्तान छुट्ट्याउने सीमा हो।

पाकिस्तानले पाँच भारतीय सैनिकलाई मारिदिएको दाबीलाई भने भारतले अस्वीकार गरेको छ। पाकिस्तानले भनेको छ, "पाकिस्तानी सेनाले प्रभावकारी उत्तर दिएका छन्। पाँच भारतीय सैनिक मारिएका छन् र अन्य कैयौँ घाइते भएका छन्। बङ्कर ध्वस्त पारिएको छ। दुवैतिरबाट सघन गोलीबारी जारी छ।"

यसअघि बुधवार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले थप कारबाही गर्न लागेको र आफूहरूले ईंटको जबाफ पत्थरले दिने बताएका थिए।

त्यसको भोलिपल्ट स्वतन्त्रता दिवसको भाषणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरको विकासका लागि सो क्षेत्रलाई दिइएको विशेष मान्यता हटाइएको दाबी गरे। उनले इमरान खानको टिप्पणीबारे कुनै प्रतिक्रिया त दिएनन् तर उनको डेढ घण्टा लामो भाषण कश्मीरकै सेरोफेरोमा रह्यो। यसै महिनाको सुरुमा भारत सरकारले विवादित कश्मीरको विशेष मान्यता खारेज गरेयता सो क्षेत्रमा चर्को तनाव छ। अगस्ट ५ तारिखमा भारत सरकारले कश्मीरसम्बन्धी निर्णय गरेयता भारत-प्रशासित कश्मीरमा सुरक्षा कडिकडाउ तथा यातायार र सञ्चारमा सरकारी नियन्त्रण जारी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।