मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक ह्वाटमोरले इमलेमार्फत् दिए राजीनामा

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक ह्वाटमोरले इमलेमार्फत् दिए राजीनामा

परिवारलाई समय दिन पदबाट राजीनामा दिएको उनको राजीनामा पत्रमा उल्लेख छ। सम्झौता सकिनुअघि नै ह्वाटमोरले राजीनामा बुझाएका हुन्।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८

काठमाडौं- नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएका छन्। नेपाल क्रिकेट संघ (क्यान)लाई ह्वाटमोरले इमेलमार्फत् राजीनामा पठाएका हुन्। 

परिवारलाई समय दिन पदबाट राजीनामा दिएको उनको राजीनामा पत्रमा उल्लेख छ। सम्झौता सकिनुअघि नै ह्वाटमोरले राजीनामा बुझाएका हुन्।

आईसीसी विश्वकप लिग-२ को सिरिजपछि लागू हुने गरी ह्वाटमोरले राजीनामा दिएको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको छ।

नेपाली टोलीको नेतृत्व गर्दै ह्वाटमोर यतिबेला ओमनमा छन्। नेपाली टोलीको अभ्यासका लागि टिमसहित उनी ओमन पुगेका हुन्। सेप्टेम्बर २० सम्म टोली ओमनमा रहनेछ।

ह्वाटमोर गत जनवरीमा नेपालको प्रमुख प्रशिक्षकमा नियुक्त भएका थिए। उनको नेतृत्वमा नेपालले गत वैशाखमा मलेसिया र नेदरल्यान्डविरुद्धको सिरिज जिताएका थिए।

अष्ट्रेलियाका पूर्वखेलाडी ह्वाटमोरले राष्ट्रिय टिमबाट १९९७ देखि १९८० सम्म खेलेका थिए। उनको टेस्ट र अन्य खेल करिअर भने त्यति लामो छैन।

१९७९ मार्च १० मा टेस्ट डेब्यू गरेका ह्वाटमोरले १९७९ नोभेम्बरमा भारतविरुद्धको खेलपछि संन्यास लिए। उनले त्यसबीच ७ टेस्ट क्रिकेट खेले।

तर खेल जीवनमा ठूलो सफलता नपाएका उनको प्रशिक्षणले भने राम्रो सफलता पाएका छन्। जहाँ श्रीलंकाले विश्वकप जित्दा त्यहाँको राष्ट्रिय टिमको प्रशिक्षकका ह्वाटमोर थिए।

बंगलादेशमा २००३ देखि २००७ सम्म राम्रो प्रशिक्षण अनुभव बटुलेका ह्वाटमोरले विश्वका शक्तिशाली क्रिकेट टिमविरुद्ध आफ्ना खेलाडीलाई अब्बल तुल्याएका थिए भने भारतविरुद्ध जित निकाल्न सफल भएका थिए।

त्यस्तै उनले इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सका खेलाडीलाई २०१०–२०११ मा प्रशिक्षण गराएका छन्। ती दुई सिजनमा कोलकाता क्रमशः पाँचौं र चौथो स्थानमा थियो।

त्यसपछि उनले २०१२ देखि दुई वर्षका लागि पाकिस्तानको राष्ट्रिय टिमको  जिम्मेवारी सम्हाल्ने मौका पाएका छन्। उनले पकिस्तानलाई एसिया कप जिताएका थिए। त्यसपछि उनले जिम्वावेको राष्ट्रिय टिम सम्हालेका थिए। 

क्यानले मुख्य प्रशिक्षकका लागि आवदेन आह्वान गर्दा ७१ जना अन्तर्राष्ट्रिय प्रशिक्षकको आवेदन परेको थियो। तीन चरणमा भएको छनोटबाट ह्वाटमोर मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए।

नेपालको प्रशिक्षक नियुक्त हुँदै गर्दा उनले गत पुस २ गते  भनेका थिए, ‘नेपालमा गुणस्तरीय खेलाडी छन् र नेपाली क्रिकेटको भविष्य उज्वल छ। नेपाल सुन्दर देश हो, जहाँका युवा खेलाडीलाई प्रशिक्षण गराउनका लागि म पर्खिरहेको छु।’

प्रकाशित: Aug 27, 2021| 20:44 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।