शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यदि विवादित कश्मीरका कारण भारत र पाकिस्तानको युद्ध भए त्यसका लागि विश्व शक्ति राष्ट्रहरू जिम्मेवार हुने बताएका छन्। त्यसलाई थप अर्थ्याउँदै उनले कश्मीरको हैसियतसम्बन्धी विगतका संयुक्त राष्ट्रसङ्घका प्रस्ताव कार्यान्वयन गराउन विश्व शक्ति राष्ट्रहरू विफल भएको बताए।

२. अमेरिकाको फिलाडेल्फिया राज्यमा एक बंदूकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा पनि छ जना प्रहरी घाइते हुन पुगेका छन । प्रहरीका अनुसार घण्टौंको प्रयत्न पछि आक्रमणकारीलाई नियन्त्रण लीई हिरासतमा राख्न सफल भएको जनाएको छ । 

३. अगस्त महीनामा हुन गई रहेको संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकको अध्यक्ष पोल्याण्डले हालै भारतले जम्मु-कश्मिरको विशेष दर्जा फिर्ता लिए संगै उत्पन्न भएको भारत-पाकिस्तान विवाद र मतभेद हटाउँन दुई देश बिच शान्ती वार्ताको स्थिती निर्माण गर्न सरोकारवाला सबैमा आव्हान गरिने जानेको छ । 

४. न्यूजील्याण्डको दक्षिणी द्वीपमा वैज्ञानिकहरुले एक वयस्क मनुष्यको आकार बराबरको एउटा विशालकाय पेंग्विनको जीवाश्म फेला परेका छन । यो जीवाश्म साढ़े तीन करोड़ वर्ष भन्दा धेरै पुरानो हुन सक्ने वैज्ञानिकहरुको दावी छ । उनिहरुले बुधवार बताए अनुसार उक्त विशालकाय समुद्री पक्षीको  कद १. ६ मीटर (६३ इंच) तथा  वजन ८०  किलोग्राम हुन सक्ने अनुमान गरेका छन । 

५. विवादित मुस्लिम धर्म उपदेशक जाकिर नायकका पछिल्ला अभिब्यक्तीहरुप्रति मलयेशिया सरकार रुष्ट भएको छ । मलेशियाका मानव संसाधन मंत्री एम कुलासेगरनले हिन्दुहरु प्रति अनावश्यक तुच्छ टिप्पणी गर्दै हिंडेर साम्प्रदायिक सहिष्णुता खल्बल्याउँने कोशीश भएको हुनाले उनीमाथि तत्काल उचित कार्वाही गर्नु पर्ने बताएका छन । 

६. पाकिस्तानको सबै भन्दा ठुलो महानगर कराचीमा हाल मनसूनको कहर जारी छ । श्रोतका अनुसार कराँची शहरमा भीषण वर्षाका कारण कम्तीमा ४२ जनाले ज्यान गुमाएका छन । पाकिस्तानका अन्य क्षेत्रमा समेत वर्षा कै कारण ठुलो परीणाममा जिउधनको हानी भएको जनाईएको छ । 

७. दक्षिणी फ्रान्समा ९०० हेक्टर भन्दा बढी वन क्षेत्रमा आगलागी हुँदा ठुलो पर्यावरणको नोक्सान भएको समाचार आएका छन । यसलाई नियन्त्रणमा लिनाका लागि ५०० भन्दा बढी अग्निनियन्त्रक यन्त्रहरुको प्रयोग भईरहेको छ भने हजारौंको संख्यामा बारुणकर्मीहरु तैनाथ गरिएको छ । 

८. रूसमा एक यात्रु विमान चरासंग ठोक्किन पुग्दा तत्काल अवरण गर्नु परेको रुसी समाचार संस्था इन्टरफ्याक्सले जनाएको छ । एयरबस ए-३२१  विमानले उडान भरेको केही बेर मैं आपतकालिन अवतरण गर्नु परेको थियो । त्यस विमानमा २३० जना यात्रु सवार थिए जस मध्य २३ जना मात्रै घाइते भएका छन । 

९. एक सांसद अमेरिकी सांसद टॉम सुओजीले गत हप्ता दिएको जम्मू-कश्मीरबारेको अमेरिकि विदेश मन्त्री माइक पोम्पियोले लेखेको एक विवादित चिट्‌ठीलाई लिएर अमेरिकी-भारतीय नागरिकको आलोचनाको सामना गर्नु परेको थियो । उनले त्यसबारे आफुले बोल्नु गल्ती भएको र जम्मु-कश्मिर स्वतन्त्र भारतको एक अभिन्न अंग भएको बताएका छन ।  
 
१०. चीनको पूर्वी तटिय क्षेत्रमा चक्रवाती तूफान लेकिमाका कारण ६५ लाख भन्दा बढी मनिसहरु प्रभावित भएका छन । जबकि एक लाख ५० हजार भन्दाबढी स्थानिय बासिन्दाहरुलाई सुरक्षित स्थानमा पुर्याइएको छ । 

तूफानका कारण गत आइतवार सम्म ३२ जनाले ज्यान गुमाएका छन भने १६ जना जती हराइरहेको स्थानिय प्रशासनले जनाएको छ । चीनको आपातकालिन मन्त्रालयका अनुसार,  तूफानबाट सबभन्दा बढी साँघाई, झेजियांग, जियांग्सु, आन्हुई, शेन्डोंग र फुजियान  प्रभावित भएका छन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।