बिहीबार, वैशाख ३, २०८३

युइएफए वर्ष खेलाडीको अन्तिम तीन सर्वाजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- युरोपेली फुटबल महासंघ (युइएफए)ले बर्ष पुरुष खेलाडीको अन्तिम तीन खेलाडीको नाम सार्वजनीक गरेको छ । गत सिजन गरेको प्रर्दशनका आधारमा युईएफएले सार्वजनिक गरेका १० जना खेलाडीबाट बिहीबार अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनीक गरेको हो ।

युइएफए वर्ष खेलाडीको अन्तिम तीनमा लिभरपुलका डिफेन्डर भर्गिल भान डिज्क, बार्सिलोनाका कप्तान लियोनल मेस्सी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो रहेका छन् । ८० जना प्रशिक्षक र ५५ पत्रकारहरुले गरेको मतका आधारमा अन्तिम वर्ष खेलाडी सार्वजनिक गरेको हो । 

लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि दिलाउन भान डिज्कले महत्वपूर्ण योगदान दिएका थिए । त्यस्तै मेस्सी गत वर्षको च्याम्पियन्स लिगका सर्वाधिक गोल कर्ता हुन् । उनले युरोपियन गोल्डेन बुट जितेका थिए । मेस्सीले गत सिजन आफ्नो दशौ ला लिगा उपाधि समेत जितेका थिए । 

रोनाल्डोले पनि युभेन्ट्सलाई घरेलु लिग सिरी ए को उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका थिए । उनले युभेन्ट्समा आफ्नो डेब्यु सिजनमा नै उपाधि दिलाउन सफल भएका थिए । युइएफ वर्ष खेलाडीको मनोनयमा एलिसन, साडियो माने, मोहमद सलाहा, इडेन हाजार्ड, म्याथिज डि लिट, फ्रेन्की डि जोङ र रहिम स्टर्लिङ परेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।