बिहीबार, साउन २८, २०८३

अफगानिस्तानमाथी नेपालको रोमाञ्चक जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं-नेपाली राष्ट्रिय भलिबल टोलिले दोस्रो अन्तरास्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानमाथी रोमाञ्चक पराजित निकालेको छ। बिहीवार भएको दोश्रो मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानमाथि ३-२ को पुनरागमन जित निकालेको हो ।

पहिलो सेट प्रतिस्पर्धात्मक रुपमा २२-२५ ले गुमाएको नेपालले दोश्रो सेटमा १५-२५ को फराकिलो अन्तरले पराजित भयो । त्यस्तै निकैनै रोमाञ्चक बनेको तेस्रो र चौथो सेटमा नेपाल विजयी भयो । प्रतिस्पर्धात्मक बनेको तेस्रो र चौथो दुबै सेटमा नेपाल समान २६-२४ ले विजयी भएको हो। यस्तै पाँचौ सेटमा पनि नेपालले अफगानिस्तानलाई १५-१२ ले पराजित गर्दै खेल आफ्नो पक्षमा पारेको हो।

अफगानिस्तानसँग नै बुधबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल ३-२ को सेटमा विजयी भएको थियो। एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारी गरिरहेको नेपालले प्रतियोगितापुर्व अफगानिस्तानविरुद्ध दिई मैत्रीपूर्ण खेल खेलेको हो । 

एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगिता भदौ २ गतेदेखि ७ गते सम्म काठमाडौंको लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा संचालन हुनेछ । प्रातियोगितामा घरेलु टोली नेपालसहित बंगलादेश, अफगानिस्तान, किर्गिस्तान, माल्दिभ्स, तुर्कि्मिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।