बिहीबार, साउन २८, २०८३

सन्यासबारे अन्यौलमा गेल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिज पछि सन्यास लिन सक्ने बताइएका वेस्टइन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेल फेरि पनि यस विषयमा अन्यौल देखीएका छन् । सिरिजको तेस्रो खेल पछि गेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा नगरेको बताएका छन् । 

‘मैले सन्यास लिने घोषणा गरेको छैन् । घोषणा नगरेसम्म म राष्ट्रिय टोलीमै रहने छु,’ गेलले भने । त्यस्तै वेस्टइन्डिज क्रिकेट टोलीका कप्तान जोसन होल्डरले पनि गेलले सन्यास नलिएको बताएका छन् । 

‘मलाई जानकारी भएसम्म गेलले सन्यास लिएका छैनन् । तर, उनले सिरिजको अन्तिम खेलमा खेलेको उनको पारी एक उदाहरण हो । उनले दमदार पारी खेल्दै शानदार सुरुवा गराएका थिए । र हाल पनि उनी प्रति धेरैको आसा छ,’ होल्डरले भने ।

सिरिजको तेस्रो खेलमा वेस्टइन्डिज भारतसँग डकवर्थ लुइस नियमको आधारमा ६ विकेटले पराजित भएको थियो । गेलले उक्त पारीमा विस्फोटक ब्याटिङ गरेका थिए । उनले ४१ बलमा ८ चौका र ५ छक्काको मद्दतमा ७२ रनको अर्धशतकीय पारी खेलेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।