शनिबार, चैत ७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इमरान खानको मोदीलाई जवाफ : आखिरी कार्ड खेल्नुभो, ईंटको जबाफ पत्थरले दिन्छौं

इमरान खानको मोदीलाई जवाफ : आखिरी कार्ड खेल्नुभो, ईंटको जबाफ पत्थरले दिन्छौं

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
पाकिस्तान - पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यदि विवादित कश्मीरका कारण भारत र पाकिस्तानको युद्ध भए त्यसका लागि विश्व शक्ति राष्ट्रहरू जिम्मेवार हुने बताएका छन्। त्यसलाई थप अर्थ्याउँदै उनले कश्मीरको हैसियतसम्बन्धी विगतका संयुक्त राष्ट्रसङ्घका प्रस्ताव कार्यान्वयन गराउन विश्व शक्ति राष्ट्रहरू विफल भएको बताए।

दश दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत-प्रशासित कश्मीरको विशेष हैसियत खारेज गरेर 'ठूलो रणनीतिक त्रुटि ' गरेको खानले बताए।

यसपालि अगस्ट १४ को पाकिस्तानी स्वतन्त्रता दिवसको दिन कश्मीरसँग एकता दिवसको रूपमा मनाउन भन्दै प्रधानमन्त्री इमरान खान बुधवार पाकिस्तान-प्रशासित कश्मीरको राजधानी मुजफ्फराबाद पुगे। त्यहाँ उनले सदनको विशेष सत्रमा सम्बोधन गर्दै भारतको संविधानको धारा ३७० खारेज गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले "आखिरी कार्ड खेलेको र यो हिटलरको नाजीका निम्ति 'फाइनल सोल्युशन' जस्तै भएको बताए।

साथै उनले भारत अब पाकिस्तान-प्रशासित कश्मीरमा केही गर्ने तयारीमा रहेको बताए। यदि युद्ध भए पाकिस्तान पूर्ण रूपमा तयार भएको उनले बताए। "तपाईको ईटको जबाफ हामी पत्थरले दिन्छौँ," उनले मोदीतर्फ इङ्गित गर्दै भने।

आफ्नो सम्बोधनका क्रममा इमरान खानले युद्धले कुनै समाधान नदिने बताए। तर यदि भारतले केही उल्लङ्घन गरे त्यसका निम्ति पाकिस्तान तयार रहेको र त्यसपछि हुने युद्धको निम्ति बाँकी विश्व पनि जिम्मेवार हुने बताए। दोस्रो विश्वयुद्धपश्चात् अब युद्ध नहोस् भनेर राष्ट्रसङ्घजस्तो संस्था स्थापना भएको र अब यी सबैको परीक्षा हुने भन्दै उनले कश्मीरबारे सुरक्षा परिषद्का प्रस्तावका पक्षमा यिनका सदस्य खडा होलान् भनेर प्रश्न गरेका छन्।

कश्मीरका जनतालाई दिइएको आत्मनिर्णयको अधिकारलाई मोदीले फ्यालिदिएको उनले आरोप लगाए। अब आफूहरू कश्मीर मुद्दालाई लिएर अन्तर्राष्ट्रिय मञ्चहरूमा उपस्थित हुने उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।