बीबीसी- फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले स्पेनिस क्लबद्वय रियल मड्रिड र बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेको बिबिसीले जनाएको छ ।
बार्सिलोनाले नेयमारका लागि गरेको १ सय मिलियन युरो र ब्राजिलियन स्टार फिलिप्पे काउटिन्होको प्रस्तावलाई पिएसजीले अस्वीकार गरेको बिबिसीले जनाएको हो । त्यस्तै बार्सिलोनाले नेयमारका लागि इभान रेकिटिकलाई पनि प्रस्तावको विकल्पको रुपमा राखेको जनाइएको छ ।
रियलले पनि नेयमारका लागि आफ्ना वेल्स स्ट्राइकर ग्यारेथ बेल र जेम्स रोड्रिग्वेज दिने प्रस्ताव गरेको थियो । पिएसजीले रियलसँग भिनिसियस जुनियरको माग गरेको थियो ।
तर, रियलले उक्त प्रस्ताव लिस्टमा भिनिसियसको नाम समावेश नभएपछि पिएसजीले अस्वीकार गरेको बीबीसीमा उल्लेख छ । नत्र भने पिएसजीले रियलको प्रस्ताव स्वीकार गर्ने जनाइएको छ ।
सन् २०१७ मा नेयमारलाई पिएसजीले बार्सिलोनाबाट २२२ मिलियन युरोमा विश्वकै महंगो खेलाडीको रुपमा अनुबन्ध गरेको थियो । नेयमारले फ्रेन्स लिग वानका दुई सिजनमा ३४ गोल गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४