बिहीबार, वैशाख ३, २०८३

कोहलीको शतकसँगै भारतलाई एकदिवसीय सिरिज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले शतकीय पारी खेले पछि वेस्टइन्डिजविरुद्धको सिरिजका लागि युएस टुरमा रहेको भारतले एकदिवसीय सिरिज २-० ले जितेको छ । बुधबार राती भएको सिरिजको अन्तिम खेलमा भारतले डकवर्थ लुइसका आधारमा वेस्टइन्डिजलाई ६ विकेटले पराजित गरेको हो । 

वेस्टइन्डिज ३५ ओभरमा २४० रन बनाएर खेली रहँदा खेल बर्षाले प्रभावित भएपछि ओभर घाटाएर ३५ ओभरमा झारेको थियो । ३५ ओभरमा झार्दा भारतले डकवर्थ लुइसका आधारमा २५५ रनको लक्ष्य पाएको थियो ।

सो लक्ष्य पछ्याएको भारतले ३२.३ ओभरमा ४ विकेट गुमाउदै भेट्टायो । भारतका लागि कप्तान विराट कोहलीले ९९ बलमा ११४ रनको अविजित शतकीय पारी खेले । उनले १४ चौका प्रहार गर्दै ११४ को शतकिय पारी खेलेका हुन् । केहलीको यो यस सिरिजका दोस्रो शतक हो ।

त्यस्तै श्रेयस अयरले ४१ बलमा ६५ रनको अर्धतकीय पारी खेले । शिखर धवनले ३६ र रोहित शर्माले १० रन बनाउँदा केदार जादभ १९ रनमा अविजित रहे । वेस्टइन्डिजका लागि फाबियन एलेनले २ विकेट लिदाँ केमार रोचले एक विकेट लिएका थिए ।

यसअघि वर्षले प्रभावित बनेको खेलमा वेस्टइन्डिजले ३५ ओभरमा ७ विकेट गुमाउदै २४० रन बनाएको थियो । वेस्टइन्डिजका लागि क्रिस गेलले ४१ बलमा ७२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले । 

त्यस्तै एविन लुइसले २९ बलमा ४३ रन जोड्दा निकोलस पुरनले ३०, शिमरन हेटमायरले २५, साइ होपले २४, कार्लोस ब्रेथवेटले १६ र जासन होल्डरले १४ रन जोडेका थिए । 

भारतका लागि खलिल अहमदले ३ विकेट लिए । तयस्तै मोहमद सामीले २ तथा युजवेन्द्र चहल र रविन्द्र जडेजाले एक एक विकेट लिए । तीन खेलको यस सिरिजको पहिलो खेल वर्षले प्रभावित भएपछि रद्द भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।