शनिबार, चैत ७, २०८२

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
१. पछिल्लो तीन महिनादेखि हङकङमा जारी आन्दोलन दबाउन चिनियाँ सेना हङकङमा प्रवेश गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
सुपुर्दगी सम्बन्धी एउटा विधेयक आएपछि चर्किएको हङकङको आन्दोलन अहिले पनि जारी छ। पछिल्लो पटक आन्दोलनकारीहरुले विश्वकै व्यस्त मध्येको हङकङ एयरपोर्ट अवरुद्ध गरेका छन्।

२.  भारतको दक्षिणी राज्य केरलाको कैयौं भागमा बुधबार बाढी आउन सक्ने चेतावनीको कारण सतर्कता अपनाइएको छ। यसअघि नै मौसमी वर्षापछि आएको बाढीको कारण देशभरी २ सय ९ व्यक्तिको मृत्यु भइसकेको छ। आगामी २४ देखि ४८ घण्टाभित्र  भारी वर्षा हुने केरलाको स्थानीय अधिकारीहरुले चेतावनी दिएका छन्।

३. क्युबा, ईरान, प्यालेस्टिनियन तथा भेनेजुएलाका दुतहरुले शान्ती प्रकृयाका नाममा द्वन्द्वरत पक्षहरुका बिचमा धुरा पसेर अमेरिकाले दुनियाँँ रुआएको भन्दै विरोध जनाएका छन। आफ्ना मुलुक उपर गैह्र कानुनी ढंगले बेलाबेलामा युद्दको धम्की, आर्थिक नाकाबन्दी एवं चौतर्फी घेराबन्दी गर्दै आएको अमेरिकाले कहिल्यै पनि विश्वमा शान्ती र अमन चयन नचाहेको बताएका छन्।

४. शान्तिका लागि सुडानी विपक्षीहरुको बैठक इजिप्टले समन्वय गरेको बताईएको छ। इजिप्टको विदेश मन्त्रालयले जनाए अनुसार सुडानमा शान्ति सुव्यवस्था स्थापनाका लागि इजिप्टको सदैव सहयोग रहने बताएको छ।

५. हंगेरीको प्रहरीले राजधानी बुडापेस्टमा दुईजना डच नागरिकलाई गिरफ्तार गरेको छ। गिरफ्तार हुने ती दुई डच नागरिकले ठूलो परिणाममा लागू औषधको कारोवार गर्ने गरेको प्रहरीले जनाएको छ। 

६. चीनियाँ उप–प्रधानमन्त्री लिउ हले अमेरिकी व्यापार प्रतिनिधिहरुसँग फोन वार्ता गरेका छन्। हालैको वर्षहरुमा चीन र संयुक्त राज्य अमेरिकाबीच व्यापार तथा वाणिज्यका मामिलामा एक प्रकारको शित युद्द नै चलिरहेको छ। त्यसका दुई पक्षका आपसी असमझदारी हटाउन वार्ताका प्रयत्नहरु भैरहेको छ। 

७. इजरायलले जहिले पनि एकतर्फी रुपले आफ्नो मात्रै हितलाई ध्यानमा राखी आफ्न एजेण्डाहरु अघि सार्ने गरेको प्यालेस्टाइन प्रधानमन्त्री मोहम्मद इश्ताइले गुनासो गरेका छन्। उनले यदि इज्राएलले साँचो अर्थमा क्षेत्रिय शान्ति चाहेको हो भने उसले सरोकारवाला सबैलाई सम्मान गर्दै साझा मुद्दामा एकजुट हुनुपर्ने बताए। 

८. अस्ट्रेलियाली प्रतिपक्षी नेताले जनसंख्या  वृद्धिको दरका सवालमा एउटा सही बहस शुरु गर्नु पर्ने धारणाअघि सरेका छन्। अस्ट्रेलियाली लेबर पार्टीका नेता अन्टोनी अल्वानिजका अनुसार हाल अस्ट्रेलियाले नचाहिँदो गरी जनसंख्या वृद्धि समस्या भोगिरहेको बताएका छन्।

९. श्रीलंकाले एक करोड तीन लाख अमेरिकी डलर बराबरको स्वदेशी मुद्रा खर्च गरी चीनबाट ट्रेन खरिद गरेको छ। आन्तरिक यातायातका लागि सहजता दिन चीनबाट नौ वटा जती पावर सेट्स खरिद गरेको हो। यो ट्रेन श्रीलंकाको भौगोलिक बनावट अनुसार चल्न सक्ने विज्ञहरुको दाबी छ।

१०. उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्ना रक्षा वैज्ञानिकहरुलाई विभिन्न सम्मानले सम्मानित गर्ने राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। ति वैज्ञानिकहरुले उत्तर कोरियाको प्रतिरक्षालाई मजबुत बनाउँन ठुलो भूमिका खेलेको बताइएको छ। सम्मानित हुनेमा १०३ जना वैज्ञानिकहरु रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।