बिहीबार, वैशाख ३, २०८३

मेस्सी लिगको पहिलो खेलका लागि टोलीमा फर्किदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- बार्सिलोनाका कप्तान लियोनल मेस्सी ला लिगा अन्तर्गत शनिबार हुने सिजनको पहिलो खेलाका लागि टोलीमा फर्किने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सोनी इएसपिएनले जनाएको छ । 

चोट ग्रस्त भएका मेस्सीले एथ्लेटिको बिल्वाओसँगको पहिलो खेलका लागि बुधबार एक्लै प्रशिक्षण गरेको सोनी इएसपिएनले जनाएको हो । छिट्टै चोटमुक्त हुन मेस्सी टोलीका फिटनेस प्रशिक्षक जुआन्जु ब्राउसँग प्रशिक्षणमा रहेका छन् । 

मेस्सी  पछिल्लो साता प्रि-सिजनका दौरान युएस टुरमा घाइते भएका थिए । मेस्सीले प्रि-सिजनका पाँच खेलमा सहभागीता जनाएनन् । तर, उनी सिजनको पहिलो खेलका लागि टोलीमा फर्किन सक्ने सम्भावना धेरै भएको बताइएको छ । 

यसअघि भने प्रशिक्षक एर्नेस्टो भलभर्डेले मेस्सी पहिलो खेलका लागि तयार हुने सम्भावना धेरै कम रहेको बताएका थिए । किनकी प्रशिक्षक भलभर्डेले आफ्ना स्टार खेलाडीका लागि कुनै जोखिम नलिने बताए । 

उनले मेस्सीविना पनि टोली जितका लागि तयार रहेको बताएका छन् । बार्सिलोनाले २५ अगस्टमा घरेलु मैदान क्याम्प नाउमा रियल बेटिससँग सिजनको दोस्रो खेल खेल्दै छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।