बिहीबार, वैशाख ३, २०८३

शारीरिक सुगठन टोली थाइल्यान्ड जाँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- एसिया प्यासिफिक शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको बैंकक जाने भएका छन् ।  अगष्ट १६ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली त्यसतर्फ प्रस्थान गर्न लागेको हो । 

पुरुष ६५ केजीमा समिर श्रेष्ठ तथा पुरुष फिट्नेस फिजिकमा राजु राईले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । महिला मोडेल फिजिकमा मल्लिका शाक्यले प्रतिस्पर्धा गर्नेछिन् । तीनै खेलाडी साउनको पहिलो साता काठमाडौंमा भएको १२ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेता हुन् । 

समिर र मल्लिकाले स्वर्ण तथा राजुले रजत जितेका थिए । टोली प्रमुखमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारी रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रमेशकुमार सिलवालले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।