आइतबार, साउन १७, २०८३

आन्दोलन दबाउन चिनियाँ सेना हङकङमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- पछिल्लो तीन महिनादेखि हङकङमा जारी आन्दोलन दबाउन चिनियाँ सेना हङकङमा प्रवेश गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

सुपुर्दगी सम्बन्धी एउटा विधेयक आएपछि चर्किएको हङकङको आन्दोलन अहिले पनि जारी छ। पछिल्लो पटक आन्दोलनकारीहरुले विश्वकै व्यस्त मध्येको हङकङ एयरपोर्ट अवरुद्ध गरेका छन्।

एयरपोर्ट खुलाउने क्रममा प्रहरीले बलसमेत प्रयोग गरेको थियो। तर, पनि प्रर्दशनकारीहरुले प्रदर्शन जारी राखेका छन्।

केही चिनियाँ संस्थाहरुले नै चिनिया सेना हङकङ बोडर कटेको भिडियो सार्वजनिक गरेकका छन्।

त्यसअघि अमेरिकी जासुसी संस्था सीआइएले राष्ट्रपति ट्रम्पलाई चीनले सेना परिचालन गर्न लागेको सूचना दिएको थियो।

हङकङका प्रदर्शनकारीहरुले आतंकवाद फैलाउन थालेको भन्दै कारबाही हुन सक्ने चिनियाँ अधिकारीहरुको वक्तव्य पनि आएको छ।

तर, चीनले हङकङमा सेना परिचालनका विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।